राजपाको भुसको आगो र सत्ताधारीको तालमेलले हावा खाए पछी एमालेले यसरी कब्जा गर्दैछ मधेश,राजपाका आधा दर्जन सांसद एमालेमा



टिकट वितरणमा पक्षपात गरे पछी राजपा नेपालमा भित्र भित्रै भुसको आगो सल्किएको छ। सप्तरी देखी पर्सा सम्म राजपा त्यागेर एमालेलाई जिताउन अभियाननै संचालन गरिएको हो।राजपाका केन्द्रिय पधाधिकारी देखी सयौ केन्द्रिय सदस्य एमालेको कित्तामा पुगेपछी राजपा टाट पल्टने अबस्थामा पुगेको हो।कांग्रेस र माओबादी धोकेबाजका नमुना भएको ठहर सहित एमालेको पक्षमा जनमत बटुल्न राजपाका नेता र कार्यकर्ता अहोरात्र खटिन थालेका छन। राजपाले गरेको आन्दोलनमा ज्यान गुमाएका सहिद परिवारले स्वतन्त्रमा उम्मेदवारी दिएर एमाले संग हिमचिम बढाएपछी राजपा सप्तरीमा निल हुने र त्यहा एमालेले कब्जा गर्ने स्वयम् राजपाकै नेताले हाम्रो इकोनोमी संगको फोन बार्तामा बताए। राजपाका आधा दर्जन साम्सद यतिबेला खुलेर एमालेको पक्षमा उभिएका छन।

यता सर्लाहीमा टिकट वितरणमा आफ्ना कार्यकर्ताहरुलाई पन्छाउन खोजिएपछि राजपासँग आक्रोशित भएका सो दलका महामन्त्री जंगीलाल रायले २ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनलगत्तै सांसद् पदबाट राजीनामा दिएर नेकपा एमालेमा प्रवेश गर्ने बताएका छन् । उनले भने, ‘म एमालेमा प्रवेश गर्दा आफ्ना कार्यकर्ताहरुलाई पनि लिएर आउनु पर्छ । अहिले मेरा कार्यकर्ताहरु चुनावमा खटिइसकेका हुँदा चुनावलगत्तै म सांसद पदबाट राजीनामा दिन्छु र कार्यकर्ताहरुलाई लिएर एमालेमा प्रवेश गर्छु ।’ जंगीलालले भने जस्तै गरी राजपाका सयौ प्रभाबशाली नेता यतिबेला भित्र भित्रै एमाले जिताउने अभियानमा होमिएका छन।

राजपाका महामन्त्री एवं सर्लाहीका सांसद रायले एमालेमा प्रवेश गर्नेबारे माथिल्लो तहका साथै जिल्ला तहका नेताहरुसँग समेत कुराकानी भइरहेको बताए । उनले भने, ‘रेवतीजी (रेवती पन्त, एमाले सर्लाहीका अध्यक्ष) त मेरो साथी नै हो । उहाँमार्फत् केन्द्रीय तहका नेताहरुसँग कुराकानी भइरहेको छ । जिल्लाका साथीहरुसँग कुराकानी टुंग्याएर एमालेमा प्रवेश गर्छु ।’

एमालेले पनि रायलाई पार्टीमा भित्र्याउन उनले सिफारिस गरेका व्यक्तिहरुलाई नै सर्लाहीको कविलासी नगरपालिकामा पूरै प्यानल उठाएको छ । रायकै सिफारिसमा सो नगरपालिकाको मेयरमा विनय कर्ण उठेका छन् । कर्णलगायत रायका कार्यकर्ताहरुलाई राजपाले विष्णु, चक्रघट्टा र ब्रम्हपुरी गाउँपालिकाको उम्मेदवारमा टिकट नदिएपछि उनी सो पार्टीप्रति नै आक्रोशित बन्न पुगेका थिए । उनले भने, ‘मेरा मानिसहरुले टिकट नपाए पनि मैले केही नगर र गाउँपालिकामा अरु पार्टीबाटै उठाएर भए पनि चुनाव जिताउने संकल्प गरेको छु ।’

एमाले सर्लाहीका अध्यक्ष रेवती पन्तले पनि सांसद राय चाँडै नै आफ्ना कार्यकर्तासहित एमालेमा प्रवेश गर्ने तयारी भइरहेको स्वीकारे । उनले भने, ‘सम्भवतः चुनावअघि नै उहाँहरु एमालेमा प्रवेश गर्नु हुनेछ । त्यसले सर्लाहीको चुनावमा राम्रो माहोल ल्याउने छ ।’

सर्लाहीको दक्षिणी भेगमा एमालेको पक्षमा राम्रो माहोल नभएको बताउँदै आए पनि रायले एमाले उम्मेदवारलाई सघाउन अग्रसरता देखाएसँगै दक्षिण भेगका तहहरुमा पनि एमालेको पक्षमा चुनावी माहोल बढ्ने बताइन्छ । सर्लाहीको उत्तरी भेगका तहहरुमा भने विगतदेखि नै एमालेको राम्रो पकड रहँदै आएको हुँदा चुनाव जित्नेमा निश्चितजस्तै देखिन्छ । २ नम्बर प्रदेशका आठ जिल्लामा राजपा त्यागेर र त्यहि बसेर भित्र भित्रै एमाले जिताउन अभियान थालिए पछी राजपाका नेता पुर्पुरोमा हात राखेर सुस्ताउन थालेका छन। राजपाका असन्तुष्टले एमालेको पक्षमा खुलेर लागे पछी कांग्रेस एमालेलाई समेत समस्या परेको छ। एमालेका पक्षमा जनमत देखिन थाले पछी उसका पक्षका उम्मेदवारको घरमा बम बिष्फोट हुन् थालेको छ। एमालेले २ नम्बर प्रदेशमा ८० सिटको हाराहारीमा ल्याउने गुप्त रिपोर्ट आए पछी शेर बहादुर देउवा र प्रचण्ड आत्तिएको श्रोतको बनाई छ। कांग्रेस र माओबादी बीच तालमेल हुन नसक्दा र राजपा संग रिसाएको जमातले सहयोग गर्दा एमाले २ नम्बर प्रदेशमा पनि पहिलो बन्ने भएको हो

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

    सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

प्रधानमन्त्री केपी ओलीविरुद्ध रवि लामिछानेको कडा आक्रोश

     प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी

रवि लामिछानेको प्रदर्शनमा प्रहरीद्धारा अश्रुग्यास प्रहार

    रास्वपा सभापति रवि लामिछानेको पक्राउको विरोधमा भइरहेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार

प्रत्येक जिल्लाबाट पोखरा पुग्न रास्वपाको सर्कुलर

     राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्येक जिल्लाबाट सय जनाको दरले कार्यकर्ता पोखरा पुग्न