चितवन अब भ्रष्ट्राचार मुक्त हुने



हाम्रो इकोनोमि

निजामती सेवा दिवस–२०७४ को अवसरमा यहाँका राष्ट्र सेबक कर्मचारीले भ्रष्टाचार मुक्त चितवन, अबको अभियानसहितका पाँचबुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । भरतपुरमा आज आयोजित निजामती सेवा दिवस–२०७४ सम्बन्धी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसहित सरकारी कार्यालयका प्रमुख र कर्मचारीले प्रतिबद्धता लेखिएको माइन्यूटमा हस्ताक्षर गरेका हुन् ।
राजश्वबाहेक कुनै पनि बहानामा कसैले पनि अतिरिक्त रकम नलिने र त्यस्तो रकमको अपेक्षा नगरी भ्रष्टाचार मुक्त चितवन अबको अभियानलाई सार्थक बनाउने, कार्यालयमा निःशुल्क फारामको व्यवस्था गरी बिचौलियाको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्ने, नागरिकमैत्री प्रशासन तथा वातावरणमैत्री कार्यालय बनाउने उल्लेख छ ।

त्यसैगरी नीतिप्रति प्रतिबद्ध र राजनीतिप्रति तटस्थ भन्ने सार्वजनिक प्रशासनको मूलभूत मान्यता बमोजिम पेशागत व्यावसायिकरुपमा परिचालन हुने र चितवन सेवा सुधार मार्गचित्र– २०७३ को पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धतामा उल्लेख छ ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले प्रतिबद्धता जायर गरेअनुसार काम गर्न निर्देशन दिनुभयो । कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशी, स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापा, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन चितवनका अध्यक्ष मंगलराम दराईंलगायतले प्रतिबद्धता जनाउनुभएको थियो । यसअघि भरतपुरको चौबीसकोठीबाट शुरु भएको प्रभातफेरी जिल्ला समन्वय समितिको कार्यालयमा पुगेर सभामा परिणत भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...