एमालेमा यसरी गयो पहिरो,१९० जनाले किन दिए राजिनामा



हाम्रो इकोनोमि

टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेकपा नेकपा एमाले निजगढका एक सय ८९ जना नेता–कार्यताले संयुक्त राजीनामा दिएका छन् । बुधबार पार्टीले गरेको निर्णय परिवर्तन गर्दै वडा अध्यक्षको टिकट परिवर्तन गरेपछि असन्तुष्ट निजगढ वडा नं ६ का नेता–कार्यताले संयुक्त रुपमा एमाले परित्यागको घोषणा गरेका हुन् ।

पार्टी वडा अध्यक्ष भीमबहादुर स्याड्डतानको नेतृत्वमा पूर्व पार्टी वडा अध्यक्ष शंकर शिवाकोटी, केशव प्रसाद अधिकारी, युवा संघ बाराका सचिव भिम प्रसाद सापकोटा, नगर पार्टी सदस्य आईतमान तामाड्ड, वडा पार्टी सदस्य ईन्द्र बहादुर स्याड्डतान, पूर्व जिल्ला सदस्य गणेश लामा, क्षेत्रीय कमिटी सदस्य तीर्थ गौतम, युवा संघका पूर्व वडा अध्यक्ष राजकुमार फुयाँल लगायत छन् ।

पहिला स्याड्डतालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय उल्ट्याउदै नव प्रवेशी कुश बहादुर थापालाई टिकट दिएको भन्दै उनीहरु असन्तुष्ट बनेका हुन् । निर्णय सच्याउन पार्टीलाई ज्ञापन पत्र बुझाउँदा समेत निर्णय नसच्याईए पछि पार्टीको साधारण सदस्य समेत नरहने गरी परित्याग गरिएको उनीहरुले जनाएका छन् ।

नेकपा एमालेबाट असन्तुष्ट पक्षले जीतपुरसिमरा उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उपमहानगरपालिकाको  २ न‌ं वडाका नेता उद्धब गौतमले एमालेका उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। जीतपुरसिमरा उपमहानगरपालिका २ मा वडा अध्यक्ष पदमा उनले स्वतन्त्र उममेदवारी दर्ता गराएका हुन्।

पार्टीको टिकट वितरण प्रणाली प्रति असन्तुष्टि जनाउँदै आएका वहाँले निर्णय सच्याउन पार्टीलाई पटक–पटक आग्रह गरेका थिए । गौतम २०५४ सालको स्थानीय चुनाबमा निर्वाचित वडा अध्यक्ष समेत हुन् । जीतपुरसिमरा उपमहानगरपालिकामा पहिलो उमेदवारी गौतमले दर्ता गराएका हुन्। उनले आफ्ना प्रतिनीधी टंकप्रसाद चौलागाई मार्फत उमेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गौतमले उम्मेदवारी दर्ता गराएसँगै एमाले बृत्तमा खैलाबैला मच्चिएको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...