निजामती दिवशकै दिन तीन भाई कर्मचारी क्याफेबाट यसरी समातिए ५ लाख घुष सहित



हाम्रो इकोनोमि

निजतामी कर्मचारी दिवश मनाईरहदा तीन कर्मचारी घुष सहित समातिएका छन।
नेपाल गुणस्तर तथा नापतौल विभाग, बालाजुका शाखा अधिकृत विकास धोजु, नायब सुब्बाद्वय दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई अख्तियारको टोलीले पाँच लाख घुस रकमसहित नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा एक शाखा अधिकृतसहित तीन कर्मचारीलाई आज बिहान भक्तपुरबाट नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई भक्तपुर सल्लाघारीको एक क्याफेमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
ट्याक्सीको मिटर जडान गर्ने विषयमा नापतौलका कर्मचारीले घुस मागेको सूचना पाएपछि अख्तियारको टोली क्याफेमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...