प्रशासकीय अदालतको काम अधूरो र अपूरोः प्रधानन्यायाधीश



हाम्रो इकोनोमि

प्रधानन्यायाशीध गोपाल पराजुलीले प्रशासकीय अदालतको क्षेत्राधिकार अपूरो भएको बताउनु भएको छ ।

प्रशासकीय अदालतको वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले प्रशासकीय अदालतले अहिले पाएको क्षेत्राधिकार संकुचित भएको भन्दै क्षेत्राधिकार बढाउनुपर्नेमा जोड दिनुभयो ।

“हामीले चाहेजस्तो प्रशासकीय कर्मचारीले बुझेजस्तो प्रशासकीय अदालत भएन”–उहाँले भन्नुभयो, “अदालत अधूरो, अपूरो भयो । कर्मचारीको ५० रुपियाँको ग्रेडवृद्धिको मुद्दापनि सर्वोच्चले हेर्नुपरेको छ । त्यसैले सुधार गर्न आवश्यक छ ।” प्रशासकीय अदालतको क्षेत्राधिकार बढाइनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले सर्वोच्च अदालतले असाधारण क्षेत्राधिकार प्रयोग गर्दै निजामती कर्मचारीका सरुवा, बढुवा र विवादसम्बन्धी मुद्दा हेरिरहेको बताउनुभयो ।

कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले प्रशासकीय अदालतलाई सक्षम र सबल बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सर्वोच्चबाट मुद्दाको चाप घट्ने गरी प्रशासकीय अदालतको विकास गरिने उल्लेख गर्नुभयो ।

मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले प्रशासकीय अदालतको क्षेत्राधिकार बढाएर सक्षम बनाइनु पर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा प्रशासकीय अदालतका अध्यक्ष डा काशीराज दाहालले अदालतका कामकारबाहीलाई सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...