छुरा प्रहार गरी रकम लुट्ने पक्राउ



हाम्रो इकोनोमि

गत साउनको पहिलो हप्ता दोलखा सदरमुकाम चरिकोटका एक व्यापारीलाई छुरा प्रहार गरी रकम लुट्ने लुटेरा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नं ३ का २० वर्षीय अरुण ठकुरी रहेका छन् । ठकुरीलाई दोलखा प्रहरीले विशेष सुराकीका आधारमा पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

कालिञ्चोक गाउँपालिका वडा नं ८ स्थायी घर भएका व्यवसायी राजेन्द्र पौडेललाई छुरा प्रहार गरी रु चार लाख २५ हजार लुटेको अभियोगमा ठकुरीलाई पक्राउ गरिएको हो । प्रहरीले ठकुरीसहित तीन जनालाई पक्राउ गरे पनि बाँकी दुई जनाको नाम सार्वजनिक गरेको छैन । नियन्त्रणमा रहेका ठकुरी भने लुटपाट घटनाको मुख्य नाइके भएको दोलखा प्रहरीले जनाएको छ ।

गत साउन ८ गते चरिकोटस्थित होटल रोशीमा खाजा खाइरहेका व्यवसायी पौडेललाई छ÷सात जनाको समूहले छुरा प्रहार गरी नगद लुटेका थिए । प्रहरीले यसअघि सोही घटनामा चरिकोटकै विक्रम नेपालीलाई पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...