त्रिविले काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज ग¥यो



हाम्रो इकोनोमि

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गरेको छ । छानविन समितिको प्रतिवेदन बुझाए लगतै त्रिविले नेशनललाई दिएको अस्थायी सम्बन्धन खारेज गर्ने निर्णय गरेको हो ।

 

सर्वोच्च अदालतको ०७१ को आदेशलाई देखाएर त्रिविले साउन १२ मा नेशनललाई अस्थायी सम्बन्धन दिने निर्णय गरेको थियो । तथापी चौतर्फी विरोध भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा सम्बन्धन स्थगनको निर्णय भयो ।

लगतै त्रिविले गठन गरेको छानविन समितिले बुधबार विहानै घट्टेकुलोस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको अनुगमन गर्‍यो । त्यसक्रमा मापदण्ड नपुगेको देखिएको छ ।

मेडिकल कलेज सञ्चालनका लागि ३०० बेडको अस्पताल सञ्चालनमा आउनु पर्ने स्वास्थ्य मन्त्रालयको निर्देशिकामा उल्लेख छ । ‘अस्पतालको स्थलगत निरिक्षणका क्रममा भने अस्पतालमा एक जना पनि विरामी देखिएन । अस्पताल खाली हुनुका साथै अस्पतालको फार्मेसी समेत बन्द अवस्थामा रहेको फेला पारेका थियो’, त्रि।वि कार्यकारी परिषद्द्धारा गठित अनुगमन समितिका सदस्य तथा त्रि।वि प्रशासक परशुराम कोइरालाले भने ।

निरीक्षणका क्रममा अस्पतालमा एकजना मात्र चिकित्सक थिए भने पूरै अस्पताल खाली थियो । एक जना विरामी पनि नरहेको, अस्पतालको फार्मेसी बन्द रहेको भेटिएको प्रतिवेदन समितिले त्रि।वि कार्यकारी परिषद्मा पेश गर्‍यो ।

लगतै परिषद्ले सम्बन्धन खारेजको निर्णय गरेको छ ।

त्रिवि उपकुलपति तीर्थ खनियाँले अनलाइनखबरसँग भने, ‘हामीले अदालतको आदेशको सम्मान गर्दै यो पटकलाई कक्षा चलाउन सम्बन्धन दिएका थियौं । छानविनका क्रममा अस्पतालले स्वास्थ्य मन्त्रालयबाट स्विकृति पनि नलिएको र शिक्षण अस्पतालका रुपमा चालु पनि नरहेको पाएपछि यो पटक कक्षा चल्ने स्थिति देखिएन र अस्थायी सम्बन्धन दिने साउन १२ को निर्णय खारेज गर्‍यौं ।’

 

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...