हराएका युवक अझै बेपत्ता



हाम्रो इकोनोमि

हप्ता दिनदेखि हराइरहेका त्रिपुरासुन्दरी गाउँपालिका तौथलीका रामबहादुर श्रेष्ठ छन् अझै भेटिएका छैनन् । १८ वर्षका श्रेष्ठ २०७४ भदौ १५ गते घरबाट बजार घुम्नको लागि बाहिर निस्केका थिए ।

घर नफर्किएपछि तौथली गाउूभर खोज्दा श्रेष्ठ फेला नपरेपछि जाताततै खोजी गरिरहेको बुबा भक्तबहादुर श्रेष्ठले बताए । बलेफी गाउँपालिका माखा लामोसूाघुसम्म का स्थानीयले भेटेको पाइएपछि खोजी तिव्र बनाएको उनले जनाए ।

पाँच फिट चार इन्च अग्लो गहुँगोरो वर्ण भएका श्रेष्ठले कालो टिर्सट,खैरो ट्राउजर र तुने चप्पल लगाएका श्रेष्ठको देब्रे खुट्टाको कान्छी औलो छैन् ।
करेन्ट लागेपछि लामो समय बिरामी भएका श्रेष्ठ ठिक भएलगत्तै तौथली गाउँ आएका थिए । ‘बाह्रबिसे देखि राजधानीसम्मका प्रहरीमा सुचना दिएर खोजीरहेका छौ,’ बाबु भक्तबहादुरले भने,‘ हप्तादिन भइसक्दा पनि अझै फेला पार्न सकेका छैनौ ।’

उनको खोजी कार्य जारी रहेपनि हालसम्म नभेटेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रमोद प्रसाद पोखरेलले जानकारी गराएका छन् । उनले श्रेष्ठलाई फेला पारेमा ९८४९७४२८४५ र ९८५१०१९४८६ नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...