हराएका युवक अझै बेपत्ता



हाम्रो इकोनोमि

हप्ता दिनदेखि हराइरहेका त्रिपुरासुन्दरी गाउँपालिका तौथलीका रामबहादुर श्रेष्ठ छन् अझै भेटिएका छैनन् । १८ वर्षका श्रेष्ठ २०७४ भदौ १५ गते घरबाट बजार घुम्नको लागि बाहिर निस्केका थिए ।

घर नफर्किएपछि तौथली गाउूभर खोज्दा श्रेष्ठ फेला नपरेपछि जाताततै खोजी गरिरहेको बुबा भक्तबहादुर श्रेष्ठले बताए । बलेफी गाउँपालिका माखा लामोसूाघुसम्म का स्थानीयले भेटेको पाइएपछि खोजी तिव्र बनाएको उनले जनाए ।

पाँच फिट चार इन्च अग्लो गहुँगोरो वर्ण भएका श्रेष्ठले कालो टिर्सट,खैरो ट्राउजर र तुने चप्पल लगाएका श्रेष्ठको देब्रे खुट्टाको कान्छी औलो छैन् ।
करेन्ट लागेपछि लामो समय बिरामी भएका श्रेष्ठ ठिक भएलगत्तै तौथली गाउँ आएका थिए । ‘बाह्रबिसे देखि राजधानीसम्मका प्रहरीमा सुचना दिएर खोजीरहेका छौ,’ बाबु भक्तबहादुरले भने,‘ हप्तादिन भइसक्दा पनि अझै फेला पार्न सकेका छैनौ ।’

उनको खोजी कार्य जारी रहेपनि हालसम्म नभेटेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रमोद प्रसाद पोखरेलले जानकारी गराएका छन् । उनले श्रेष्ठलाई फेला पारेमा ९८४९७४२८४५ र ९८५१०१९४८६ नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...