बिद्यासुन्दरलाई हरिप्रभाले सनासो लगाउने,उपमेयर सहित १४ वडाअध्यक्षले किन गरे बोर्ड बैठक बहिस्कार



काठमाडौं महानगरपालिकाका उपमेयर सहित १४ वडाअध्यक्षले बोर्ड बैठक बहिस्कार गरेका छन् । बोर्ड बैठकमा प्रस्तुत गरिने एजेन्डाको बिषयमा आफुहरुलाई पुर्व जानकारी नदिर्इ वडा अध्यक्षहरुको मानमर्दन गरेको भन्दै उनीहरुले आजको बोर्ड बैठक बहिस्कार गरेका हुन् ।

बुधबार बिहान ८ बजेकालागि राष्ट्रिय सभागृह प्रदर्शनीमार्गमा बोलाइएको बैठकमा नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षमा बिजयी भएकाहरु तोकिएको समयमा नै सभागृहमा भेला भएर वडाध्यक्षहरु के एजेण्डामा बैठक गर्न आएको भन्दै मेयरप्रति ब्यङ्ग्य गरिरहेका थिए । उनीहरु सो विषयमा मेयर प्रति रुष्ट पनि देखिन्थे ।

२ घण्टा ढिला गरी सुरु भएको बैठकमा उनीहरुले एजण्डाको विषयमा जानकारी नगराएको प्रति आपत्ति जनाएका थिए । उनीहरुले एजेण्डाको विषयमा जानकारी गराएर अपरान्ह ४ बजेको लागि बैठक बोलार्इए बैठकमा सहभागी हुन तयार रहेको प्रतिकृया दिए । महानगरपालिका वडा नम्वर १६ का वडाध्यक्ष मुकुन्द रिजालले हाम्राकुरासँग महानगरमा मेयरको मनोमानी गरेकाले आफुहरु यस्तो कदम चाल्न बाध्य भएको प्रतिक्रिया दिए ।

उनले हनिमुन पिरियड भरी मेयरलाई सहयोग गर्दै आए पनि उनले भने महानगरमा एकलौटी शासन जमाउन खोजेको आरोप लगाए ।

स्रोतका अनुसार महानगर प्रमुखमा विद्यासुन्दर शाक्य निर्वाचित भए पछिको १०१ दिनको प्रगति विवरण सार्वजनिक गर्न महानगरले बिहिबार पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ। सोही विषयमा छलफलको लागि बुधवार बोर्ड बैठक बोलाइएको थियो । तर, मनपरी गर्दै जाने हो भने बहुमतले निर्णय गरेर वोर्ड बैठक सम्पन्न गर्न चुनौती दिदै काँग्रेसका वडाध्यक्षहरु बैठक बाट बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय