टिकट पायो भने बस्ने पाएन भने अर्कोमा जाने मधेशका पार्टीमा हुन नौलो होइन:महेन्द्र यादब



प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावका लागि राष्ट्रिय जनता पार्टी कम्मर कसेर लागेको छ । यसअघिको २ चरणका स्थानीय तहको चुनावमा आन्दोलन गरेको राजपाका लागि तेस्रो चरणको चुनाव प्रतिष्ठाको लडाई पनि हो । राजपाले चुनावको तयारी कसरी गर्दैछ त । यही विषयमा ऋषि धमलाले राजपाका नेता महेन्द्र राय यादवसँग कुराकानी गरेका छन् । कुराकानीको संपादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

 

तपाईको पार्टीले स्थानीय तहको तेस्रो चरणको चुनावका लागि टिकट त बाँड्यो । तर रडाको मच्चियो नि ?
धेरै नेता कार्यकर्ता उम्मेदवारको आकांक्षी भएपछि केही असहज हुन्छ । गाउँ गाउँबाट र जिल्लाबाट यति नाम आयो कि, जुन हामीले अनुमान नै गरेका थिएनौँ । तर हामीले विधि र प्रक्रियाबाट उम्मेदवारको नाम फाइनल ग¥यौँ ।

वीरगंज महानगरपालिकामा राजेशमान सिंहलाई उम्मेदवार बनाएपछि त टिकट नपाएको भन्दै विमल श्रीवास्तवले पार्टी नै छोड्नुभयो किन ?
मधेशका पार्टीहरुमा टिकट पायो भने बस्ने पाएन भने अर्कोमा जाने प्रवृत्ति छ । अरु दलमा पनि यस्तो भइरहेको छ । मधेशका पार्टीमा हुन नौलो होइन ।

विमल श्रीवास्तवलाई किन टिकट नदिनुभएको ? राजेशमानलाई नै दिनुपर्ने कारण के छ ?
मधेश आन्दोलनमा राजेशमान सिंहले धेरै योगदान गरेको छ । जनताको लोकप्रिय र संघर्षशिल नेताको रुपमा सिंह चिनिएका छन् । इमानदार र कर्मठशील नेताको रुपमा राजेशमानलाई लिन सक्छाँै । उहाँलाई हामीले छानेको होइन, त्यहाँका जनताले छानेका हुन् ।

वीरगंज महानगरपालिकामा अब चुनौति बढ्यो नि चुनाव जित्नलाई ?
वीरगंज नाका बन्द गराउन सक्रिय नेता हुन राजेशमान । तर विमल श्रीवास्तवले आन्दोलनमा कहिल्यै पनि चेहेरा देखाउनुभएन । आन्दोलनका बेला विदेशमा गएर बस्नुभएको थियो । त्यसैले काम र योगदानको मूल्याङ्कन गरेका हौँ ।

राजपाका अरु केही नेताहरु पनि नेपाली कांग्रेस लगायतका दलमा प्रवेश गर्ने चर्चा छ । यसमा तपाईहरुको कमजोरी छैन ?
पार्टीभित्र असन्तुष्टी हुन्छ । तर मधेशको मुद्दामा लडेका नेताहरु अरु दलमा जानुहुँदैन ।

प्रदेश नम्बर २ को चुनावी तालमेलको अवस्था के छ ?
हामीले प्रयास गरिरहेका छौँ । स्थानीय स्तरमा धेरै ठाउँमा तालमेल गरिएको छ । केही स्थानमा कांग्रेस, माओवादी लगायतका दलहरुले इच्छा देखाएनन् । ठूला नेताहरुले गफ मात्र गर्ने तर तालमेलका लागि चासो नदिने गरेको पाइयो । कांग्रेस र एमाललेमा घमण्ड बढि देखिएको छ । हामीले कांग्रेस र माओवादीसँग तालमेल गर्न चाहेको हो । तर सोचेजस्तो भएन ।

प्रतिक्रिया दिनुहोस
माथिल्लो तामाकोशी १ अर्ब ३९ करोड नोक्सानीमा

  माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा ६ अर्ब

समानीकरण अनुदान बढाउदै लैजान्छौँ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले वित्तीय समानीकरण अनुदान घटाउने पक्षमा सरकार नरहेको बताएका छन्। प्रदेश

प्रधानमन्त्री लाई विश्वासको मत नदिन कांग्रेसको निर्देशन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिन आफ्ना

सभापति देउवा भन्छन गठबन्धनमा समस्या छैन

  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धन दलबीच कुनै समस्या नरहेको बताउनुभएको छ