एनसेल पोस्न नेपाल टेलिकममा पनि म्याच फिक्सिङ,सञ्चारमन्त्रीले कसरी खोले यस्तो पोल



नेपाल टेलिकमभित्र ‘म्याच फिक्सिङ’ भइरहेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले दाबी गरेका छन् । केही वर्षअघि फुटबलमा भएजस्तै फिक्सिङ अहिले टेलिकममा भइरहेको उनले जिकिर गरे । र त्यस्तालाई कारबाही गरिने पनि उनले बताए।

‘टेलिकमभित्रकै केही खेलाडीले म्याच फिक्सिङ गरिरहेका छन्, यस्ता मान्छे पहिचान गर्ने काम भइरहेको छ’, टेलिकमका ७५ वटै जिल्लाका प्राविधिकसहितको अन्तरक्रियामा आज मन्त्री बस्नेतले भने ।

यही पारामा अघि बढ्ने हो भने टेलिकम डुब्ने उनको आशंका छ । टेलिकममा आबद्ध केही व्यक्तिले खुलेआम अन्य प्रतिस्पर्धी सेवा प्रदायकलाई फाइदा पुग्ने गरी काम गरिरहेको आरोप मन्त्री बस्नेतले लगाए ।

‘सेवा प्रदायक भने पनि एनटीसीले पनि व्यापार गरेको छ, अर्को व्यापारीले पनि व्यापार गरेको छ’, मन्त्री बस्नेतले भने, ‘तर, हामीभित्रका केही साथी अन्य संस्थाप्रति बफादार देखिएका छन्, जसले हाम्रो व्यापार कमजोर भइरहेको छ ।’ उनले एनसेल पोस्न टेलिकमकै कर्मचारी लागेको आरोप समेत लगाए।

 

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय