एनसेल पोस्न नेपाल टेलिकममा पनि म्याच फिक्सिङ,सञ्चारमन्त्रीले कसरी खोले यस्तो पोल



हाम्रो इकोनोमि

नेपाल टेलिकमभित्र ‘म्याच फिक्सिङ’ भइरहेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले दाबी गरेका छन् । केही वर्षअघि फुटबलमा भएजस्तै फिक्सिङ अहिले टेलिकममा भइरहेको उनले जिकिर गरे । र त्यस्तालाई कारबाही गरिने पनि उनले बताए।

‘टेलिकमभित्रकै केही खेलाडीले म्याच फिक्सिङ गरिरहेका छन्, यस्ता मान्छे पहिचान गर्ने काम भइरहेको छ’, टेलिकमका ७५ वटै जिल्लाका प्राविधिकसहितको अन्तरक्रियामा आज मन्त्री बस्नेतले भने ।

यही पारामा अघि बढ्ने हो भने टेलिकम डुब्ने उनको आशंका छ । टेलिकममा आबद्ध केही व्यक्तिले खुलेआम अन्य प्रतिस्पर्धी सेवा प्रदायकलाई फाइदा पुग्ने गरी काम गरिरहेको आरोप मन्त्री बस्नेतले लगाए ।

‘सेवा प्रदायक भने पनि एनटीसीले पनि व्यापार गरेको छ, अर्को व्यापारीले पनि व्यापार गरेको छ’, मन्त्री बस्नेतले भने, ‘तर, हामीभित्रका केही साथी अन्य संस्थाप्रति बफादार देखिएका छन्, जसले हाम्रो व्यापार कमजोर भइरहेको छ ।’ उनले एनसेल पोस्न टेलिकमकै कर्मचारी लागेको आरोप समेत लगाए।

 

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...