दार्जिलिङ्गका नागरिकले चलाएको स्कुलमा नायिका करिष्मा मानन्धर कक्षा ९ मा पढ्दै



हाम्रो इकोनोमि

औपचारिक अध्ययनको धोको पूरा गर्न नायिका करिष्मा मानन्धर कक्षा ९ मा पढ्दै छिन् ।
कक्षा ७ मा पढ्दै गर्दा अभिनयमा प्रवेश गरेकी करिष्माले फिल्मी दुनियाँमा सक्रिय भएपछि औपचारिक अध्ययनलाई बिचमै छाडेकी थिइन ।
त्यसयता उनले विद्यालय शिक्षा पूरा गर्न सकिनन् र निरन्तर अभिनयमै रमाइन । फिल्म निर्माणमा घाटा खाएपछि अमेरिका भासिएकी करिश्मा नेपाल आएपछि पुनः अभिनय र पछिल्लो समय नयाँ शक्तिको राजनीतिमा पनि सक्रिय छिन् ।

तर, यतिबेला उनलाई विद्यालय शिक्षा पूरा गर्न नपाएकोमा थकथकी लागेको छ र पुनः स्कूल भर्ना भएकी छिन् । विद्यालयबाट बाहिरिएको झण्डै तीस वर्षपछि उनी यतिबेला फेरि स्कूल जान जान थालेकी छिन् ।

गत वर्ष ग्यालेक्सी पब्लिक स्कुलवाट आठ कक्षा उत्तीर्ण गरेकी उनले यस वर्ष मैतीदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ मा भर्ना भएकी छिन् । उक्त स्कुल दार्जिलिङ्गका नागरिक हरुले चलाउदै आएका छन।

सोमबार आयोजित नयाँ शक्तिको एक कार्यक्रममा उनले आफूले कक्षा ९ मा पढ्दै गरेको खुलासा गरेकी हुन् ।
०४२ सालमा चलचित्र ‘सन्तान’बाट नायिकाको रुपमा डेब्यु गरेकी करिष्मा नेपालकी चर्चित नायिकाको रुपमा चिनिन्छन् । उनले अभिनय गरेका दर्जनौ फिल्म सफल फिल्मको रुपमा स्थापित छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...