दार्जिलिङ्गका नागरिकले चलाएको स्कुलमा नायिका करिष्मा मानन्धर कक्षा ९ मा पढ्दै



हाम्रो इकोनोमि

औपचारिक अध्ययनको धोको पूरा गर्न नायिका करिष्मा मानन्धर कक्षा ९ मा पढ्दै छिन् ।
कक्षा ७ मा पढ्दै गर्दा अभिनयमा प्रवेश गरेकी करिष्माले फिल्मी दुनियाँमा सक्रिय भएपछि औपचारिक अध्ययनलाई बिचमै छाडेकी थिइन ।
त्यसयता उनले विद्यालय शिक्षा पूरा गर्न सकिनन् र निरन्तर अभिनयमै रमाइन । फिल्म निर्माणमा घाटा खाएपछि अमेरिका भासिएकी करिश्मा नेपाल आएपछि पुनः अभिनय र पछिल्लो समय नयाँ शक्तिको राजनीतिमा पनि सक्रिय छिन् ।

तर, यतिबेला उनलाई विद्यालय शिक्षा पूरा गर्न नपाएकोमा थकथकी लागेको छ र पुनः स्कूल भर्ना भएकी छिन् । विद्यालयबाट बाहिरिएको झण्डै तीस वर्षपछि उनी यतिबेला फेरि स्कूल जान जान थालेकी छिन् ।

गत वर्ष ग्यालेक्सी पब्लिक स्कुलवाट आठ कक्षा उत्तीर्ण गरेकी उनले यस वर्ष मैतीदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ मा भर्ना भएकी छिन् । उक्त स्कुल दार्जिलिङ्गका नागरिक हरुले चलाउदै आएका छन।

सोमबार आयोजित नयाँ शक्तिको एक कार्यक्रममा उनले आफूले कक्षा ९ मा पढ्दै गरेको खुलासा गरेकी हुन् ।
०४२ सालमा चलचित्र ‘सन्तान’बाट नायिकाको रुपमा डेब्यु गरेकी करिष्मा नेपालकी चर्चित नायिकाको रुपमा चिनिन्छन् । उनले अभिनय गरेका दर्जनौ फिल्म सफल फिल्मको रुपमा स्थापित छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...