दुइ नम्बर प्रदेशको चुनाबमा माओबादी पहिलो हुन्छ भन्दै मोदीले यसरी सुनाए पहिलो हुने सुत्र



हाम्रो इकोनोमि

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता अमनलाल मोदीले मुलुक माओवादीको एजेण्डामै चलिरहेकोले प्रदेश नम्बर २ को निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरे । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मोदीले भने,‘अहिले सबै साथीहरु माओवादी केन्द्रको एजण्डा अनुसार नै चुनावमा जानुभएको छ, त्यसैले जीत हाम्रो पहिल्यै नै भैसकेको छ।’

मोदीले आउने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पनि आफ्नो पार्टी नै एक नम्बर हुने दाबी गरे । उनले थपे,‘हेर्दै जानुहोला, आउने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा हाम्रो पार्टीले श्रेष्ठता हाँसिल गर्छ, जनताहरुको अहिले हाम्रो पार्टीप्रति ठूलो जनलहर बढेको छ।’
त्यस्तै उनले सुन तस्करीको बारेमा बोल्दै भने,‘सुन तस्करमात्रै कुरा नगरौं, यो देशमा धेरै ठूला ठूला तस्करीहरु भैरहेका छन्, तस्करी जालोको रुपमा फस्टाएको छ, यसलाई समाप्त पार्न युवा नेताहरु नेतृत्वमा आउनुपर्छ।’

त्यस्तै राजपा नेपालका महासचिव केशव झाले प्रदेश नम्बर २ को निर्वाचनमा आफ्नो पार्टीले ९० सिट जित्ने दाबी गरे । उनले भने,‘हाम्रो प्रारम्भिक तयारी र आँकलन भनेको नै ९० सिट जित्ने हो, त्यही अनुसार व्यापक तयारी भैरहेको छ।’

नेता झाले चुनावको लागि पार्टीले करिब–करिब सबै स्थानमा उम्मेद्धवारहरुको नाम टुँगो लगाएको समेत जानकारी दिए । उनले चुनावमा कांग्रेस र संघीय समाजवादी फोरम नेपालसँग ४-५ ठाउँमा तालमेल हुने समेत स्पष्ट पारे । उनले भने,‘केही ठाउँमा माओवादी केन्द्रसँगपनि तालमेल हुन्छ, संभावना बढ्दै गएको छ।’

त्यस्तै उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल हुनै नसक्ने भन्ने नभएको बताए । उनले थपे,‘एमालेसँग वर्जित छैन, अहिलेसम्मको संकेत हेर्ने हो भने तालमेलको संकेत भने देखिएको छैन, तर अनुकुलता हेरेर जोसँगपनि हुन सक्छ।’

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...