विद्युत् बक्यौता उठ्न सोह्र करोड



हाम्रो इकोनोमि

नेपाल विद्युत् प्राधिकरण पोखरा र लेखनाथ वितरण केन्द्रको विद्युत् बक्यौता रु १६ करोड दुई हजार पुगेको छ ।

सबैभन्दा बढी बक्यौता सडक बत्तीको रहेको छ । सडक बत्तीको बक्यौता भुक्तानी गर्न पोखरा–लेखनाथ महानगरपालिकालाई ताकेता गरिएको कार्यालयका सूचना अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

विद्युत् महशुल उठाउन बाँकी रहेकामध्ये अन्य कार्यालयमा महानगरपालिका कार्यालयको रु एक लाख ९६ हजार, कृषिसँग सम्बन्धित कार्यालयको रु १० हजार र अन्य सरकारी कार्यालयको रु तीन लाख ६८ हजार रहेको छ । कार्यालयले आव २०७३÷७४ मा विद्युत् महशुल रु एक अर्ब ३२ करोड ६७ लाख ८४ हजार उठाएको छ ।

सो अवधिमा मिटर रिडिङ भएको हप्ता दिनभित्रमै महशुल बुझाउने ग्राहकले रु दुई करोड ९१ लाख ७२ हजार मिनाहासमेत पाएका छन् । कास्कीमा विद्युत् ग्राहकको संख्या ७२ हजार ४०० पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस
रित्तो सिलिन्डर बोकेर बालेन सरकारविरुद्ध प्रदर्शन

  खाना पकाउने ग्यास नपाउँदा विद्यार्थीले समस्या भोग्नुपरेको भन्दै नेविसंघले खाली सिलिन्डर बोकेर...

भदौ ९ देखि १४ सम्म भृकुटीमण्डपमा नाडा अटो सो आयोजना हुने

    अटोमोबाइल प्रदर्शनीको १८औँ संस्करणको नाडा अटो सो यही ९ देखि १४...

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

    नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्...

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

  नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम...