विद्युत् बक्यौता उठ्न सोह्र करोड



नेपाल विद्युत् प्राधिकरण पोखरा र लेखनाथ वितरण केन्द्रको विद्युत् बक्यौता रु १६ करोड दुई हजार पुगेको छ ।

सबैभन्दा बढी बक्यौता सडक बत्तीको रहेको छ । सडक बत्तीको बक्यौता भुक्तानी गर्न पोखरा–लेखनाथ महानगरपालिकालाई ताकेता गरिएको कार्यालयका सूचना अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

विद्युत् महशुल उठाउन बाँकी रहेकामध्ये अन्य कार्यालयमा महानगरपालिका कार्यालयको रु एक लाख ९६ हजार, कृषिसँग सम्बन्धित कार्यालयको रु १० हजार र अन्य सरकारी कार्यालयको रु तीन लाख ६८ हजार रहेको छ । कार्यालयले आव २०७३÷७४ मा विद्युत् महशुल रु एक अर्ब ३२ करोड ६७ लाख ८४ हजार उठाएको छ ।

सो अवधिमा मिटर रिडिङ भएको हप्ता दिनभित्रमै महशुल बुझाउने ग्राहकले रु दुई करोड ९१ लाख ७२ हजार मिनाहासमेत पाएका छन् । कास्कीमा विद्युत् ग्राहकको संख्या ७२ हजार ४०० पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस
औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका

ट्यांकर चालक संघ र सरकारबीच सहमति

    नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच वार्ता सकारात्मकरूपमा टुंगिएको छ

काठमाडौंमा पेट्रोलियम पदार्थको अभाव

    काठमाडौंका पेट्रोल पम्पहरू बन्द गरिएको छ । हिजो साँझबाटै पेट्रोल अभाव

मकवानपुर थानाभर्‍याङको तेस्रो ठूलो सबस्टेसन सञ्चालनमा

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४०० केभीको हेटौंडा सबस्टेसन उद्घाटन गरेका