तातोपानी कुण्डबाट विद्यालयलाई रु १८ लाख सहयोग



हाम्रो इकोनोमि

बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक औषधालयका रुपमा परिचित तातोपानी कुण्डले स्थानीय सरस्वती माविमा रु १७ लाख बढी सहयोग गरेको छ ।

आव २०७३÷०७४ मा तातोपानी कुण्ड व्यवस्थापन समितिले विद्यालयको निजी स्रोतबाट तलब उपलब्ध गराउने गरी नियुक्त भएका १० शिक्षकको तलब बराबरको रु १७ लाख ७४ हजार सहयोग गरेको समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो ।

प्रावि तहको स्वीकृत दरबन्दी रहेको सो विद्यालयमा कार्यरत कक्षा ६ देखि १० सम्मका शिक्षकको तलब रकम कुण्डले नै व्यहोर्दै आएको आएको विद्यालयका प्रअ सुरथ बानियाँले बताउनुभयो । गत आवमा कुण्डले विद्यालयमा भवन निर्माणमा समेत थप रु छ लाख उपलब्ध गराएको थियो ।

कुण्डमा स्नान गर्न आउनेबाट लिइने शुल्कबाट हुने आम्दानीलाई समितिले तातोपानी क्षेत्रको सामाजिक तथा भौतिक पूर्वाधार विकासमा परिचालन गर्दै आएको छ । गत आवमा कुण्डले रु आठ लाख तल्लो बजारमा नाली निर्माण योजनामा सहयोग गरेको थियो ।

रु २०० शुल्कमा ११ दिनसम्म नियमित रुपमा तातोपानीको कुण्डमा स्नान गर्न सकिने व्यवस्था मिलाएको समितिलाई विभिन्न ठाउँबाट आएका बिरामीले आफ्नो रोग निको भएको खुशीयालीमा थप चन्दासमेत दिने गरेका छन् । गत आवमा आएका १६ हजार बिरामीबाट लिइएको प्रवेश शुल्कबाट रु ३२ लाख र सहयोगदाताबाट थप रु १८ लाख ९७ हजार चन्दा प्राप्त भएको थियोे ।

त्यस्तै पर्यटन कार्यालय पोखराबाट प्राप्त रु नौ लाख ४१ हजार बजेटमा कुण्डले आन्तरिक स्रोतबाट बजेट थप गरी कुण्ड परिसरमा १५० जनाले एकै समयमा आराम गर्न सक्ने विश्रामस्थलसमेत निर्माण गरेको समितिका सहसचिव कुमार खत्रीले बताउनुभयो ।

कुण्डमा गत आवमा अघिल्लो वर्षको करिब रु २३ लाख तीन हजारसहित करिब रु ८८ लाख ९३ हजार आम्दानी भएकोमध्ये रु ६३ लाख ९३ हजार खर्च भएको अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

जमिनभित्रबाट वीरेनुनको गन्धमा ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानीमा स्नान गरेमा बाथ, चोटपटक लागेको, सुन्निने, ग्यास्ट्रिक, सर्के मर्केकोसम्बन्धी स्वास्थ्य समस्या निको हुने गरेको बताइएको छ ।

कुण्डले यसअघि स्थानीय स्वास्थ्य चौकी निर्माणका लागि रु १८ लाख ५० हजार बराबरको जग्गा खरिद गरी उपलब्ध गराएको तथा प्रहरी चौकीको भवन निर्माणार्थ जग्गा खरिदमा रु चार लाख २५ हजार सहयोग गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
बजेट नछुट्याएकाले ९ बुँदे सहमति कार्यान्वयन हुन्न : मन्त्री पुन

  शिक्षामन्त्री महावीर पुनले अघिल्लो सरकारले शिक्षक महासंघसँग ९ बुँदे सहमति गरे पनि...

अबदेखि बेलायतमा पीआर लिन कम्तीमा १० वर्ष लाग्ने

    बेलायती गृहमन्त्री शबाना महमुदले बिहीबार संसदमा अनिश्चितकालीन आवासीय अधिकार (आइएलआर–इन्डिफिनेट लिभ...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

निजी विद्यालय सञ्चालकले आन्दोलन चर्काउने

    निजी तथा आवासीय विद्यालय सञ्चालकहरूले आन्दोलनलाई थप चर्काउने भएका छन् ।...