प्रतिनिधिसभामा ३ र प्रदेशमा १ दशमलब ५ प्रतिशत थ्रेसहोल्ड,अब क-कस्को बज्ने भयो बाजा



हाम्रो इकोनोमि

प्रतिनिधि सभामा समानुपातिकतर्फ सिट पाउनका लागि कुल सदर मतको ३ प्रतिशत पाउनुपर्ने व्यवस्था भएको छ भने प्रदेशसभामा १ दशमलव ५ प्रतिशत ल्याउनुपर्ने भएको छ। कुल सदर मतमध्ये ३ र १ दशमलब ५ प्रतिशत मत नल्याएमा उनीहरुले समानुपातिकमा सिट पाउने छैनन्। व्यवस्थापिका संसदले प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित हुनका लागि पनि अनिवार्य थ्रेस होल्डको व्यवस्था गरेको छ।

साउन २३ गतेदेखि छलफलमा रहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विधेयक संसदले थ्रेसहोल्डसहित सोमबार पारित गरेको हो। विधेयक राष्ट्रपति विद्यादेवि भण्डारीले प्रमाणीकरण गरेपछि राजपत्रमा प्रकाशित भई लागू हुनेछ। मंसिर १० र २१ गते हुन गइरहेको निर्वाचनका लागि संसदले विधेयक पारित गरेको हो।

यसअघि पारित भएको राजनीतिक दल सम्बन्धी विधेयकमा थ्रेसहोल्ड १ सिट प्रत्यक्षतर्फ र ३ प्रतिशत मत राखिएको थियो। राजनीतिक दलले राष्ट्रिय मान्यता पाउन ३ प्रतिशत मतका साथै प्रत्यक्षमा कम्तिमा १ सिट ल्याउनुपर्ने नत्र स्वतन्त्र रुपमा रहनुपर्ने व्यवस्था छ। तर, प्रदेश र प्रतिनिधिसभा ऐनमा भने यो व्यवस्थालाई केही खुकुलो बनाई ३ र १ दशमल ५ प्रतिशतको व्यवस्था राखिएको हो। अब प्रत्यक्षतर्फ १ सिट पनि नजित्ने तर सदर मतको ३ प्रतिशत मत ल्याउने दलले समानुपातिकमा सिट पाउनेछ।

प्रदेशसभामा भने झन् धेरै दलको सहभागिता हुन सक्नेगरी थोरै थ्रेस होल्ड राखिएको हो। प्रदेशसभा निर्वाचनमा भने नयाँ निर्वाचन भएकाले कति दलले सिट पाउनेछन् भन्ने अनुमान गर्न सकिने देखिँदैन।

संविधानसभा चुनाव २०७० मा ४ वटा दलले मात्रै समानुपातिकतर्फ ३ प्रतिशत मत कटाएका थिए। संविधानसभामा ३ प्रतिशत मत कटाउनेमा नेपाली कांग्रेस, नेकपा एमाले, तत्कालीन एकीकृत माओवादी र तत्कालीन राप्रपा नेपाल थिए।

प्रतिक्रिया दिनुहोस
प्रेस चौतारीका पूर्वअध्यक्ष अर्यालले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

    प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्यालले नेकपा एमालेको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी...

नेपाली अर्थराजनितिका मियो, लोकप्रिय नेता पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे

      हेमराज सिलवाल एमालेको उपाध्यक्ष एवम नेपाल सरकारको पूर्वअर्थमन्त्री पाण्डेले नेकपा...

एमालेको अध्यक्षमा ओली र पोखरेलले दिए उम्मेदवारी

     नेकपा एमालेको आगामी अध्यक्षका लागि दुईजनाको उम्मेदवारी परेको छ । अध्यक्ष...

ओलीको प्यानलबाट पदाधिकारीमा को–को छन्?

  नेकपा एमालेको ११औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार खडा गर्ने प्रक्रिया सुरु भएको...