चाउथेकी देवीले यसरी ठगिन ५० करोड,को-को परे फन्दामा



हाम्रो इकोनोमि

विगत २५ वर्षदेखि पोखरामा बस्दै आएकी देवीकुमारी भुजेल (थापा) ५० करोडभन्दा बढी रकम ठगेर परिवारसहित फरार भएकी छिन्।
पोखरा महानगरपालिकाको चाउथे स्वागत नगरमा बस्दै आएकी भुजेल ५० करोडभन्दा बढी रकम ठगेर परिवारसहित भागेकी हुन्। स्याङजाको फेदीखोला गाउँपालिकाको भाटखोला घर भइ लामो समयदेखि पोखरामा बस्दै आएकी भुजेलले घर जग्गा र प्लटिङको काम गर्दै आएकी थिइन्। उनले त्यसैका आधारमा पोखराका विभिन्न ब्यवसायी,आफन्त, छिमेकी र साथीहरुबाट रकम उठाएर कुलेलाम ठोकेकी हुन्।

भारतीय सेनाबाट तीन महिना अगाडि रिटायर्ड भएका ४२ वर्षका पति लक्ष्मण थापा, दुई छोरी र एक छोरा सहित रकम लिएर भुजेल भागेको उजुरी जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको छ।

भुजेलले बस्दै आएको घरधनी शोभा लम्सालसँग समेत १० लाख रुपैयाँ सापटी लिएर भागेकी छिन्। उनले प्रति व्यक्ति ५ लाखदेखि २ करोड सम्म रकम लिएको सार्वजनिक भएको छ।

पोखरा रत्नचोकका रामबाबु चित्रकारको २ करोड रुपैयाँ लिएको खुलेको छ। भुजेलबाट ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा ५२ जनाले सामुहिक उजुरी दिएका छन्। उनी भदौ १४ गतेदेखि फरार छिन्। प्रहरीका अनुसार उनीहरुले नेपाल छाडिसकेका छन्।
देवी र उनका पतिविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी तथा प्रवक्ता खड्कबहादुर खत्रीले बताए। ‘लिखित र मौखिक विवरण हेर्दा ५० जनाभन्दा धेरै मान्छेबाट करोडौं रकम ठगेको अनुमान छ,’ उनले भने, ‘आधिकारिक विवरण नभए पनि कम्तीमा ४०–५० करोड ठगेको हुनुपर्छ।’

गुनासो र निवेदन आउने क्रम जारी रहेको डिएसपी खत्रीले बताए। ‘प्रहरीले खोजी तीब्र पारेको छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...