एक वर्षदेखि तलबविहीन अवस्थामा पढाउँदै शिक्षक



कञ्चनपुरको शुक्लाफाँटा–४ मा रहेको कालिका माध्यमिक विद्यालयलका निजी स्रोतमा कार्यरत शिक्षकले एक वर्षदेखि बिनातलब अध्यापन कार्य गर्दै आएका छन् ।

विद्यालयसँग आर्थिक अभाव हुँदा शिक्षकले तलब पाउन नसकेका हुन् । तलब नपाउनेमा आधारभूत तहका दुई, माध्यमिक तहका एक र एक जना परिचरलेसमेत तलब पाउन नसकेको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर चन्दले बताउनुभयो ।

“निजी स्रोतका शिक्षकलाई मात्रै तलबवापत रु १० लाख तिर्न बाँकी छ”– उहाँले भन्नुभयो, “स्रोत कुनै छैन, कहाँबाट जुटाउने समस्यामा परेका छौँ ।” निजी स्रोतका शिक्षकलाई अवकाश दिइए दरबन्दी नहँुदा विद्यालयमा शिक्षकको अभावमा कक्षा नै प्रभावित हुने भएको उहाँले बताउनुभयो ।

निजी स्रोतका शिक्षकलाई तलब दिन मात्रै वार्षिकरुपमा रु १५ लाख आवश्यक पर्छ उहाँले भन्नुभयो, “आर्थिक सहयोग संकलन गरे पनि रु पाँच लाख जति मात्रै उठ्ने अनुमान छ ।” सहयोग रकमसमेत उठ्ने÷नउठने अन्योल छ ।

आधारभूत तहका शिक्षकले गत वर्षको मंसिरदेखि र माध्यमिक तहका शिक्षकले गत वर्षको साउनदेखि तलब नपाएको गुनासो गरेका छन् ।

विद्यालयमा आधारभूत तहमा छ जना र एक जना माध्यमिक तहमा गरी सात जना शिक्षक राहत दरबन्दीमा कार्यरत छन् । विद्यालयमा एक जना शिक्षकमात्रै स्थायी दरबन्दीमा कार्यरत रहेका छन् ।

भवन निर्माणकोसमेत रु तीन लाख तिर्न बाँकी रहेको प्रअ चन्दले बताउनुभयो । यसअघि विद्यालय परिसरमा रहेका रुख बेचेर निजी स्रोतमा कार्यरत शिक्षकको तलब व्यहोरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
रास्वपा महामन्त्री मुकुल ढकाल पदबाट बर्खास्त

    राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ

एसईई पूरक परीक्षाको तालिका सार्वजनिक

    राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक (ग्रेडवृद्धि) परीक्षाको तालिका सार्वजनिक गरेको छ

एसईईमा कुन विषयमा कति विद्यार्थी ‘फेल’ ?

    राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०)ले  बिहीबार सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा