ओलीले पाखुरा सुर्किदै भने-‘कांग्रेस अनेरास्ववियुभन्दा ठूलो छ कि छैन भनेर चुनावपछि प्रमाणित हुन्छ’



प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरजस्तो मतपत्र च्यातेर चुनाव जित्ने काण्ड अब दोर्हयाउन नदिने बताएका छन्।
त्यस्तै उनले नेकपा माओवादी केन्द्रले ०६४ सालको पहिलो संविधान सभा चुनाव झुक्किएर जितेको आरोप लगाएका छन् । पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय समिति तथा राष्ट्रिय परीषद बैठकलाई आइतबार भरतपुरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने,‘अब त्यो सम्भावना दोहोरिँदैन्, काँग्रेसले आफुलाई अझै ठूलो ठान्ने गरेको छ, ‘तर त्यो पार्टी हाम्रो यो विद्यार्थी संगठन अनेरास्ववियुभन्दा ठूलो छ कि छैन भनेर चुनावपछि प्रमाणित हुन्छ।’
प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचनमा मात्रै नभएर सातै प्रदेश र संघीय संसदमा पहिलो पार्टी बन्ने दाबि गरेका छन्।

उनले भने, ‘सवै प्रदेश र संघीय संसदमा बहुमत ल्याएर सरकार हामीले नै बनाउँदै छौं ।’ देशमा एमालेको प्रभाव देखेर अरु पार्टीहरु डराउन थालेको बताउँदै अध्यक्ष ओलीले भने,‘चुनावमा सवै मिलेर एमाले विरुद्ध गठबन्धन गर्नु त्यसको प्रमाण हो।’अहिलेनै सबैको सातो गएको छ र त तालमेलको चलखेलमा छन् उनले भने।

प्रतिक्रिया दिनुहोस
पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच कुटाकुट

    स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा फर्जी मत खसेको ललिपुरको पाटन संयुक्त क्याम्पसमा

गणतन्त्र ल्याउन ज्ञानेन्द्रको पनि भूमिका थियो : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र ल्याउने बेलामा तत्कालिन

माओवादी तत्काल सरकारमा नजाने

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा रहेका पार्टीका प्रमुखसहित

लागू औषध नियन्त्रणका लागि सांसद तामाङको सरकारलाई कडा नीति अपनाउने आग्रह

    प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले नेपालमा लागू औषध दुर्व्यसन बढ्दै गएको