देउवा सरकारमा आठ मन्त्री थपिदै,बुधबार सम्ममा को-को मन्त्री बन्दैछन?



प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकलाई सरकारमा सहभागी गराउने तयारी गरेका छन्। १८ सांसद रहेको राप्रपा प्रजातान्त्रिकलाई सरकारमा सहभागी गराएपछि प्रधानमन्त्री देउवा नेतृत्वको मन्त्रिपरिषदले पूर्णता पाउने छ।
प्रधानमन्त्री देउवाले आगामी बुधबारसम्ममा मन्त्रिपरिषद गर्ने प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ। ‘राप्रपा प्रजातान्त्रिकलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्रीज्यूले तयारी थाल्नु भएको छ। बुधवारसम्ममा विस्तार हुन्छ,’प्रधानमन्त्रीनिकट स्रोतले भन्यो।

प्रधानमन्त्री देउवासँग शान्ति तथा पुनर्निमाण, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र उद्योग मन्त्रालय बाँकी छन्। यी चारवटै बाँकी छँदै प्रधानमन्त्री देउवा नेतृत्वको मन्त्रिमण्डल ५० सदस्यीय छ। चार मन्त्री र चार राज्यमन्त्री राप्रपा प्रजातान्त्रिकबाट थपिएपछि देउवा नेतृत्वको मन्त्रिपरिषद् ५८ सदस्यीय बन्ने छ। जुन, देउवाले २०५२ सालमा बनाएको ५२ सदस्यीय मन्त्रिमण्डलभन्दा जम्बो मन्त्रिमण्डल बन्ने छ।

राप्रपा प्रजातान्त्रिकले छान्यो मन्त्री, दिपक आउट लामा ‘इन’
राप्रपा प्रजातान्त्रिकले मन्त्री र राज्यमन्त्री हुनेको नाम लगभग टुंगो लगाएको छ। राप्रपा प्रजातान्त्रिकका तर्फबाट सुनिल थापा, विक्रम पाण्डे, रामकुमार सुब्बा र रेशमबहादुर लामा मन्त्री बन्ने लगभग पक्का भएको छ।

नेता दिपक बोहरालाई अध्यक्ष पशुपति शम्शेरले मन्त्री बनाउने तयारी गरेपनि प्रधानमन्त्री देउवाले उनको नाममा असहमति जनाएपछि पछि हट्नु परेको हो। नेपाल आयल निगमले तेल भण्डारण केन्द्र स्थापनका लागि खरिद गरेको जग्गा काण्डमा भएको घोटालामा पूर्व वाणिज्य मन्त्रीसमेत रहेका बोहराको नाम पनि मुछिएपछि प्रधानमन्त्री देउवाले उनलाई मन्त्री बनाउन अस्वीकार गरेका हुन्।

प्रधानमन्त्री देउवाले बोहराको नाम अस्वीकार गरेपछि अध्यक्ष पशुपति शम्शेरले पार्टी फुटाउन महत्वपूर्ण भूमिका खेलेका लामाको नाम मन्त्रीको सूचीमा राखेका हुन्।

राप्रपा प्रजातान्त्रिकका एक पदाधिकारीका अनुसार सुरुमा लामाको राज्यमन्त्री बन्ने सूचीमा नाम रहेपनि बोहरालाई मन्त्री बनाउन प्रधानमन्त्री देउवाले अस्वीकार गरेपछि फूल मन्त्रीकै लागि उनको नाम राखिएको छ। तर, बोहरा आफू जसरी भएपनि मन्त्री हुनु पर्ने भन्दै त्यसको लविङमा लागिरहेका छन्।

प्रधानमन्त्री देउवा अन्तिम समयमा बोहरालाई मन्त्री बनाउन राजी भए लामाले राज्यमन्त्रीमा चित्त बुझाउनु पर्ने छ। तर, प्रधानमन्त्री बोहराको नाममा सकारात्मक नरहेकाले लामा नै मन्त्री बन्ने पक्का पक्की भएको ति नेताले बताए।

यी हुन् राज्यमन्त्री बन्ने नेता
राप्रपा प्रजातान्त्रिकले पार्टीभित्रको अन्तरिक सन्तुलन मिलाउन भन्दै चार मन्त्रीसँगै चार राज्यमन्त्री पनि बनाउने भएको छ। राप्रपा प्रजातान्त्रिकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको सपथ लगत्तै राज्यमन्त्री पठाउने तयारी गरेको हो।
राप्रपा प्रजातान्त्रिकले राज्यमन्त्रीका लागि राज्य लक्ष्मी श्रेष्ठ, इश्तियाक अहमद खान, रमेश कुमार लामा र सयन्द्र बान्तवाको नाम लगभग टुंगो लगाएको छ। राज्यमन्त्रीका लागि सांसद लक्ष्मी थापा पासवानले पनि आकंक्षा देखाएकी छिन्। अन्तिम समयमा राज्यमन्त्री हुनेको नाम हेरफेर पनि हुन सक्ने राप्रपा प्रजातान्त्रिकले जनाएको  छ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम