नेपाल–भारत जनस्तरको सम्बन्ध राज्यस्तरमा प्रतिविम्बन हुनुपर्छः परराष्ट्रमन्त्री



हाम्रो इकोनोमि

उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपाल–भारतबीच रहिआएको जनस्तरको ऐतिहासिक सम्बन्ध राजनीतिक र राज्यस्तमा प्रतिविम्बन हुनुपर्ने बताउनुभएको छ ।

नेपाल भारत महिलामैत्री समाजले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री महराले नेपाल–भारतका जनता–जनताबीच विद्यमान सम्बन्ध अत्यन्त महत्वपूर्ण भएको बताउँदै भन्नुभयो, “सरकार र सरकारबीचको सम्बन्ध बेलाबखत खटपट हुनसक्छ तर जनस्तरको सम्बन्ध सधैंँ महत्वपूर्ण हुन्छ, मैत्री समाजले जनस्तरको सम्बन्धलाई सधैंँ प्रवद्र्धन गर्नुपर्छ ।”

नेपाल–भारतबीचको सम्बन्धलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “भारत अङ्ग्रेजको समयमा छैन र नेपाल पनि राजामहाराजाको समयमा छैन, त्यस कारण राजनीति र राज्यस्तरमा पनि जनस्तरको जस्तै सम्बन्ध हुनुपर्छ ।”
दुई छिमेकी मुलुकको सम्बन्धलाई माथि उठाउन भएका क्रियाकलापलाई जनताको तहमा पु¥याउन आफूले सधैँ सहयोग गर्ने बताउँदै परराष्ट्रमन्त्री महराले शिक्षा, स्वास्थ्य र विकास निर्माणमा नेपाललाई भारतले पु¥याउँदै आएको सहयोगको सराहना गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...

८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...