आचार संहिता उल्लंघन गर्ने पार्टीलाई भोट नदिन निर्वाचन आयोगले जारी गर्यो यस्तो उर्दी



असोज २ गते हुन लागेको तेश्रो चरणको स्थानीय तहको निर्वाचनमा निर्वाचन आचार संहिता उल्लंघन गर्ने पार्टीलाई भोट नदिन निर्वाचन आयुक्त ईश्वरी पौडेलले मतदातालाई आग्रह गरेका छन् ।

कलैयामा आयोजित राजनीतिक दल सम्बद्ध युवाहरूको लागि निर्वाचन व्यवस्थापन प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आयुक्त पौडेलले निर्वाचन आचार संहिता पालना नगर्ने पार्टीले समाजलाई राम्रो दिशा दिन नसक्ने भएकाले त्यस्ता पार्टी र उम्मेदवारलाई समयमै पाठ सिकाउनु पर्ने उनले बताए ।
आचार संहिता पालना नगर्ने र समाजमा भोटको कै लागि जे पनि गर्ने पार्टी र उनका उम्मेद्वारले जितेपछि स्थानीय तहमा सुशासन कायम राखी विकास गर्नु भन्दा पार्टीका कार्यकर्ता र आफ्नो गोजी मात्रै भर्ने कार्य गर्ने भएकोले त्यस्तो उम्मेदवार समाजको भलो गर्न नसक्ने पौडेलले बताए ।

तेश्रो चरणमा गर्न भनिएको २ नं. प्रदेशको ८ जिल्लाको स्थानीय तहको निर्वाचनमा अन्य प्रदेशमा राम्रो नतिजा निकाल्न नसकेका दलहरुले यस प्रदेशमा राम्रो नतिजा निकाल्ने कार्यमा लाग्ने भएकोले यसले स्वच्छ र भय रहित निर्वाचनलाई चुनौती दिन सक्ने सम्भावना रहेको उनले बताए ।

प्रशिक्षण कार्यक्रममा उपसचिव सूर्य सिलवाल, निर्वाचन कार्यालय बाराका प्रमुख नरेश सर्राफ लगायत राजनीतिक दलका युवा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : १८ भाद्र २०७४, आइतबार  ०८ : १३  बजे

प्रतिक्रिया दिनुहोस
एमाले कै सांसदले मागे मन्त्री गुप्ताको बर्खास्ती

    नेकपा एमाले सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार

७० लाख घुस माग्ने मन्त्री गुप्ताको जागीर चट्

    ७० लाख घुस मागेको अडिओ प्रकरणलाई लिएर संघीय मामिला तथा सामान्य

एमालेको बिधान महाधिवेशनमा विद्यालाई ढोका बन्द

    १४ असारमा पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेको सक्रिय सदस्यता नवीकरण गरेको र

च्यासललाई ललकार्ने र च्यासलबाट ललकार्ने तरिका बन्द गरौँ : योगेश भट्टराई

    नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीमा एक अर्कालाई ललकार्ने काम बन्द