आचार संहिता उल्लंघन गर्ने पार्टीलाई भोट नदिन निर्वाचन आयोगले जारी गर्यो यस्तो उर्दी



हाम्रो इकोनोमि

असोज २ गते हुन लागेको तेश्रो चरणको स्थानीय तहको निर्वाचनमा निर्वाचन आचार संहिता उल्लंघन गर्ने पार्टीलाई भोट नदिन निर्वाचन आयुक्त ईश्वरी पौडेलले मतदातालाई आग्रह गरेका छन् ।

कलैयामा आयोजित राजनीतिक दल सम्बद्ध युवाहरूको लागि निर्वाचन व्यवस्थापन प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आयुक्त पौडेलले निर्वाचन आचार संहिता पालना नगर्ने पार्टीले समाजलाई राम्रो दिशा दिन नसक्ने भएकाले त्यस्ता पार्टी र उम्मेदवारलाई समयमै पाठ सिकाउनु पर्ने उनले बताए ।
आचार संहिता पालना नगर्ने र समाजमा भोटको कै लागि जे पनि गर्ने पार्टी र उनका उम्मेद्वारले जितेपछि स्थानीय तहमा सुशासन कायम राखी विकास गर्नु भन्दा पार्टीका कार्यकर्ता र आफ्नो गोजी मात्रै भर्ने कार्य गर्ने भएकोले त्यस्तो उम्मेदवार समाजको भलो गर्न नसक्ने पौडेलले बताए ।

तेश्रो चरणमा गर्न भनिएको २ नं. प्रदेशको ८ जिल्लाको स्थानीय तहको निर्वाचनमा अन्य प्रदेशमा राम्रो नतिजा निकाल्न नसकेका दलहरुले यस प्रदेशमा राम्रो नतिजा निकाल्ने कार्यमा लाग्ने भएकोले यसले स्वच्छ र भय रहित निर्वाचनलाई चुनौती दिन सक्ने सम्भावना रहेको उनले बताए ।

प्रशिक्षण कार्यक्रममा उपसचिव सूर्य सिलवाल, निर्वाचन कार्यालय बाराका प्रमुख नरेश सर्राफ लगायत राजनीतिक दलका युवा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...