शिक्षकले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्नुपर्ने



हाम्रो इकोनोमि

यहाँस्थित एउटा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा नै अध्ययन गराउनुपर्ने निर्णय भएको छ ।

कावासोती– ३ स्थित जीवनज्योति माविमा कार्यरत शिक्षक तथा कर्मचारीले आफ्ना बालबालिकालाई नजिकको सामुदायिक विद्यालय वा आफैँले अध्यापन गराउने विद्यालयमा अध्ययन गराउनुपर्ने निर्णय विद्यालयको अभिभावक भेलाले गरेको हो ।
आगामी वर्षदेखि लागू हुनेगरी सामुदायिक विद्यालयमा आफ्ना बालबालिका भर्ना नगराउने विद्यालयका शिक्षक तथा कर्मचारीलाई विद्यालयमा हाजिर हुन नदिने निर्णयसमेत गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउने गरेकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नसकेको गुनासो आइरहेको थियो ।
नवलपरासीका केही विद्यालयले यस्तो निर्णयलाई कार्यान्वयनमा ल्याइसकेका छन् भने केही विद्यालय कार्यान्वयनमा लैजाने चरणमा छन् । अष्ट्रेलियाको विद्यालय अवलोकन
गैँडाकोट इंलिस स्कुल गैँडाकोटका एक शिक्षकसहित चार विद्यार्थीले अष्ट्रेलियाको एक विद्यालय अवलोकन गर्न पाउने भएका छन् ।

अर्को वर्षको असार–साउन महिनामा एक साताका लागि अष्ट्रेलियाको द इसिंग्टन स्कुल डार्बिनको अवलोकनका लागि गैँडाकोट इंगलिस स्कुल र इसिंग्टनबीच सहमति भएको प्राचार्य हीरालाल अर्यालले जानकारी दिनुभयो । अवलोकनका क्रममा विद्यार्थीहरु जापान र अष्ट्रेलियाद्वारा सञ्चालन हुने वातावरणीय तथा जीव वनस्पति अध्ययन कार्यक्रममा सहभागी हुने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...

चितवनका ४२ शैक्षिक परामर्श केन्द्रसँग स्काइलाइन इन्टरनेशनल कलेजको अन्तरक्रिया

  वैदेशिक शिक्षाको क्षेत्रमा सहकार्य तथा सूचना आदानप्रदानलाई थप प्रभावकारी बनाउने उद्देश्यले स्काइलाइन...

एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

  माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी गरिएको छ...