आकांक्षी धेरै भएपछि टिकटका लागि राजपा भित्र मारामार,कोहि संग तालमेल नहुने भएपछी यसरी हुदैछ राजपाको हार



६ पार्टीको एकीकरणपछि बनेको राष्ट्रिय जनता पार्टीमा उम्मेदवारका आकांक्षी धेरै भएपछि तालमेलको प्रयास विफल भएको छ । तालमेल हुन नसकेपछि आफू कमजोर भएका स्थानमा पनि राजपा एक्लै चुनाव लड्ने तयारी गरेको छ ।
२ नम्बर प्रदेशका ९० प्रतिशत स्थानमा राजपा एक्लै चुनाव लड्ने भएको छ । यीमध्ये कैयौं स्थानहरुमा राजपा आफूले जित्नेमा ढुक्क छैन तर आकांक्षीलाई मिलाउन नसक्दा एक्लै चुनाव लड्न बाध्य भएको छ ।

आकांक्षीहरुले प्रतिस्पर्धीलाई देशमा नबसेको, आन्दोलनमा सहभागी नभएकोदेखि ‘पहाडी समुदायको भएको’ सम्मका लाञ्छना लगाएका छन्
अर्कोतर्फ पार्टीभित्रै एक अर्कालाई हिलो छ्याप्ने क्रम पनि सुरु भएको छ । आफूले टिकट पाउनका लागि यहाँ अर्का आकांक्षीलाई विधिन्न लाञ्छना लगाउनसमेत थालिएको छ । आफूसँगै टिकटका लागि प्रतिस्पर्धामा रहेका आकांक्षीलाई विभिन्न लाञ्छना लगाएर आफ्नो बाटो ‘क्लियर’ गर्नेतर्फ राजपाका नेताहरुले सक्रियता बढाएका छन् ।

यहाँका आकांक्षीहरुले प्रतिस्पर्धीलाई देशमा नबसेको, आन्दोलनमा सहभागी नभएकोदेखि ‘पहाडी समुदायको भएको’ सम्मका लाञ्छना लगाएका छन् । ६ पार्टी मिसिएको हुँदा स्वभाविक रुपमा यो पार्टीभित्र आकांक्षी धेरै छन् जसको व्यवस्थापन गर्न नेतृत्वलाई सकर परेको छ ।

२ नम्बर प्रदेशबाहेक अन्य प्रदेशमा चुनाव नलडेको राजपा अहिले क्षेत्रीय दलका रुपमा स्थापित छ । बाँकी रहेको एकमात्र प्रदेशमा चुनाव लड्न लागेको दलको लागि उम्मेदवार छान्नु निकै सकसपूर्ण भनेको छ । अन्य दलहरुले यसअघि भएका दुई चरणका चुनावमा यो सकस भोगिसकेको भए पनि राजपाले भने पहिलोपटक यो कष्ट ब्यहोरिरहेको छ ।

अन्य दलहरुले यसअघि भएका दुई चरणका चुनावमा यो सकस भोगिसकेको भए पनि राजपाले भने पहिलोपटक यो कष्ट ब्यहोरिरहेको छ
आकांक्षी व्यवस्थापन गर्न नसक्दा तालमेल नगरेरै चुनावमा जान खोज्दा पनि पार्टीले अझैसम्म उम्मेद्वार चयन गर्न सकेको छैन। अन्य दलले अधिकांश उम्मेद्वारको टुंगो लगाएर चुनावी प्रचार प्रसारमा जुटिसके । तर, मधेसलाई आधार क्षेत्र बनाउँदै आएको राजपाले भने अझै आन्तरिक द्वन्द्व मिलाउन सकेको छैन।

भित्रभित्रै अन्तरद्वन्द्व, बाहिर बोल्दा ‘मिलिसक्यो’

आन्तरिक समस्यामा जेलिएको भए पनि मिडियामा बोल्दा भने राजपाले एक दुई दिनभित्रै उम्मेद्वार चयन गर्ने जनाएको छ। ‘जिल्लाबाट आएका सिफारिसको आधारमा एक दुई दिनभित्रै उम्मेद्वारको टुंगो लाग्नेछ,’ राजपा महासचिव केशव झाले डिसी नेपालसँग भने, ‘आकांक्षी धेरै भएका कारण केही ढिला भएको हो। अब केही दिनमै टुंगो लाग्छ।’ राजपा दुई नम्बर प्रदेशमा पहिलो शक्ति हुने भन्दै चुनावी अभियानमा होमिएको छ।

अधिकांश स्थानमा एक्लै चुनाव लड्ने तयारीमा रहेको राजपाले दुई नम्बर प्रदेशमा ८० सिट जित्ने दाबी गरेको छ। ‘अहिलेको माहोल हेर्दा राजपा पहिलो दल बन्नेमा कुनै शंका छैन,’ महासचिव झाले भने, ‘राजपाले कम्तिमा पनि ८० सिटमा जित हासिल गर्ने हामीले अनुमान गरेका छौं।’

राजपाले केही स्थानमा मात्र अन्य दलसँग तालमेल गरेको छ। सप्तरीको रुपनीमा संघीय समाजवादी फोरम नेपाल र महोत्तरीको बर्दिवास नगरपालिकामा कांग्रेससँग तालमेल गरेको छ। एक दुई स्थानमा माओवादी केन्द्रसँग तालमेल गर्ने राजपाको तयारी छ ।

वीरगंजमा उम्मेद्वार छान्न सकस

दुई नम्बर प्रदेशको ‘लाइफ लाइन’ रुपमा रहेको एकमात्र महानगरपालिका वीरगंज महानगरपालिकाको मेयरको उम्मेद्वार छान्न राजपाभित्र महाभारत भएको छ। वीरगंजको मेयरमा राजपाबाट विमल श्रीवास्तव र राजेशमान सिंहको नाम चर्चामा छ। दुवै जनाको पक्षमा राम्रो जनाधार भएका कारण दुवै जना मेयरका आकांक्षी हुन्। राजपाले चुनावमा भाग लिने औपचारिक निर्णय गर्नुभन्दा पहिला नै वीरगंज महानगरको मेयरका आकांक्षी श्रीवास्तव र सिंहबीच द्वन्द्व चल्दै आएको थियो।

श्रीवास्तव यसअघि दुई पटक वीरगंजको मेयर भइसकेका व्यक्ति हुन्। स्रोतका अनुसार स्थानीय तहबाटै मेयरको टिकट राजेशमान सिंहलाई दिनुपर्ने सिफारिस आएको छ। राजपाका अध्यक्ष मण्डललले पनि सिंहलाई नै टिकट दिनुपर्ने बताएका छन्। राजपा गठन हुनु अगाडि श्रीवास्तव तराई मधेस लोकतान्त्रिक पार्टीका कोषाध्यक्ष एवं प्रवक्ता थिए। मेयरका अर्का आकांक्षी सिंह भने शरतसिंह भण्डारी नेतृत्वको तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) का महामन्त्री थिए।

जातीय मुद्दा उठाउँदै प्रतिस्पर्धीमाथि लाञ्छना

स्रोतका अनुसार श्रीवास्तवलाई प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार बनाउने गरी राजेशमानलाई मेयरको टिकट दिने तयारी भएको छ। तर, आफैं उम्मेद्वार बन्ने दाउमा रहेका श्रीवास्तवले राजेशमानलाई पहाडी समुदायको भन्दै जातीय मुद्दा उचालेर मेयरको उम्मेद्वार बन्ने दाउमा रहेका छन्।
‘मधेस आन्दोलनका क्रममा श्रीवास्तवजी अमेरिकामा गएर बस्नुभयो,’ नाम उल्लेख नगर्ने सर्तमा एक नेताले भने, ‘लामो समयसम्म श्रीवास्तवलाई सहयोग गर्दै आउनु भएका सिंहमाथि यतिबेला पहाडी समुदायको भन्दै जातीय मुद्दा उचालेर बद्नाम गर्ने काम भएको छ।’ राजेशमान सिंह नेवार समुदायका हुन्।
मदन कोइरालाको सहयोगमा

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय