यी हुन् गोर्खाल्याण्ड दबाउन ममताले थुन्न खोजेका नेता,ममता संगै को-को जादैछन सती?



हाम्रो इकोनोमि

पश्चिम बंगाल सीआईडीले दार्जीलिङमा जारी गोर्खाल्याण्ड आन्दोलनको नेतृत्व गरिरहेको गोर्खा जनमुक्ति मोर्चा(गोजमो) प्रमुुख बिमल गुरुङ सहित तीन नेताविरुद्ध ‘खोजी सूचना’ जारी गरेको छ।

सीआईडीले शुक्रवार जारी गरेको उक्त सूचनामा गुरुङ सहित मोर्चा महासचिव रोशन गिरी र नेता प्रकाश गुरुङको पनि नाम छ।
दार्जीलिङ र कालिङपोङमा बिस्फोटन गराएको र अन्य धेरै घटनामा दोषी रहेको भन्दै उनीहरु विरुद्ध सूचना जारी गरिएको बताइएको छ।
दुई महिना भन्दा लामो समय देखि दार्जीलिङमा जारी गोर्खाल्याण्ड आन्दोलनबारे राज्य सरकारसँग वार्तामा बस्ने/नबस्ने बिषयमा विवाद चलिरहेका बेला प्रहरीले यस्तो सूचना निकालेको हो।

आफुसँग कुनै पनि परामर्श नगरि पश्चिम बंगाल राज्य प्रमुख ममता बेनर्जीसँग वार्ता गरेको भन्दै गत बिहिबार मोर्चा प्रमुख गुरुङले वार्ताको संयोजन समेत गरेका पार्टी सहसचिव बिनय तामाङलाई पार्टीबाट निष्काशन गरेका थिए।

तामाङ नेतृत्वमा गत मंगलवार राज्य सरकार प्रमुख बेनर्जीसँग कोलकातामा पहिलो वार्ता भएको थियो र दोस्रो वार्ता सेप्टेम्बर १२ मा हुने बताइएको छ।
आन्दोलन फिता लिन आग्रह गरेको भन्दै दार्जीलिङ र आसपासका क्षेत्रमा आन्दोलन पक्षधर हजारौंले तामाङ विरुद्ध प्रदर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...