यी हुन् एमाले एक्लैले जित्ने महोत्तरीका १४ तह



दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीका १४ स्थानीय तहमा नेकपा ९एमाले०ले आसन्न स्थानीय तह निर्वाचन तेस्रो चरणको निर्वाचनका लागि प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षको नाम टुंगो लगाएको छ।

एमालेका जिल्ला अध्यक्ष जामुन मण्डलका अनुसार सदरमुकाम जलेश्वर नगरपालिकामा माधव मण्डल प्रमुख र रागिनी चौधरी उपप्रमुख, बर्दिबास नगरपालिकामा सुरेश राउत प्रमुख र कमला बाइवा उपप्रमुख तथा गौशाला नगरपालिकामा पद्मप्रसाद उपाध्याय प्रमुख र शान्तिदेवी सिंह दनुवार उपप्रमुखका उम्मेदवार रहनेछन्।

त्यस्तै भंगहा नगरपालिकामा अरुणकुमार सिंह थारु प्रमुख र अनितादेवी यादव उपप्रमुख, औरही नगरपालिकामा मोहन महतो प्रमुख र सुमित्रा यादव उपप्रमुख, मनरा नगरपालिकामा राजकिशोर साह प्रमुख र चन्दु मण्डल उपप्रमुख तथा रामगोपालपुर नगरपालिकामा रामदुलार साह प्रमुख र रञ्जु पटेल उपप्रमुखका उम्मेदवार रहनेछन्।

मटिहानी नगरपालिकामा मुजिम राइन प्रमुख र गुलावदेवी मण्डल उपप्रमुख, लोहारपट्टि नगरपालिकामा बदरुल हक कवारी प्रमुख र शोभा झा उपप्रमुख तथा बलवा नगरपालिकामा मन्सुल कबारी प्रमुख र लालोदेवी मण्डल उपप्रमुखका उम्मेदवार रहने टुंगो लागेको छ।

पार्टीले गाउँपालिकातर्फ पिपरा अध्यक्षमा विक्रम चौधरी र उपाध्यक्षमा राधादेवी साह, सोनमा अध्यक्षमा रामदुलार यादव र उपाध्यक्षमा राधादेवी यादव, महोत्तरी अध्यक्षमा जीतेन्द्र पासवान र उपाध्यक्षमा गुलशन खातुन तथा सम्सी अध्यक्षमा मीनाक्षीकुमारी साह र उपाध्यक्षमा शेष इद्रिशलाई उम्मेदवार बनाउने छ।

बाँकी रहेको एक मात्र एकडारा गाउँपालिका अध्यक्षमा सो पार्टीले अहिलेसम्म उम्मेदवार टुंगो लगाउन नसके पनि उपाध्यक्षमा ममतादेवी मण्डलको नाम सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम