ओलीले मुखले मात्र कुदाए रेल,२ नम्बर प्रदेश कब्जा गर्न प्रचण्ड यसरी गर्दैछन झेल र तालमेल



हाम्रो इकोनोमि

असोज २ गते हुने २ नम्बर प्रदेशको निर्वाचनमा माओबादीले तालमेल र झेल गरेर भए पनि आफ्नो पक्षमा नतिजा पार्ने जुक्ति लगाउने भएको छ। ओलीले मुखले रेल कुदाएको कुरा मात्र नगरी आफुहरुले साच्चिकै रेल कुदाउने र त्यसका लागी जित्न झेल र जोसुकै संग तालमेल गर्ने बताएका हुन्।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनको लागि पार्टीले जोसँग पनि तालमेल गर्न सक्ने भन्दै चुनावी तालमेलको लागि पार्टी खुल्ला रहेको प्रस्ताव गरेका छन् ।
प्रदेश नम्बर दुईको चुनावमा आफ्नो पार्टीलाई पहिलो बनाउने उद्देश्यसहित सचिवालय बैठक वीरगञ्जमा आज बसेको छ । उक्त बैठकमा अध्यक्ष प्रचण्डले दुई नम्बर प्रदेशमा पार्टीलाई जसरीपनि पहिलो बनाउने योजना रहेको भन्दै वस्तुस्थिति हेरेर जोसँगपनि तालमेल गर्ने प्रस्ताव राखेका छन् ।

उनको प्रस्तावमा सकेसम्म पहिलो प्राथमिकतामा कांग्रेससँग चुनावी गठबन्धन नै गरेर अघि बढ्ने रहेको छ । उनले बैठकमा कांग्रेससँग यसअघिका दुई चरणको निर्वाचनमा गरेको तालमेलले पार्टीलाई राम्रो स्थानमा ल्याएको बताएका थिए । त्यसैले यो पटकको निर्वाचनमा पनि कांग्रेससँगै गठबन्धन गरेर अघि बढ्नुपर्ने अन्य सचिवालय नेताहरुको पनि धारणा राखेको स्रोतले जनायो ।

कांग्रेससँग तालमेल गरेर जानुपर्छ भन्नेमा नेताहरु क्रमशः कृष्णबहादुर महरा, जनार्दन शर्मा र वर्षमान पुन लगायत छन् । तर अर्को खेमाले भने वामपन्थीहरुवीच तालमेल गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए । एमालेसँग तालमेल गरेर अघि बढ्नुपर्छ भन्नेमा नेताहरु क्रमशः नारायणकाजी श्रेष्ठ, टोपबहादुर रायमाझी, रामबहादुर थापा र शक्ति बस्नेत रहेका छन् ।

माओवादीले मधेसलाई निकै प्राथमिकता दिएको छ । हिजोमात्रै माओवादी केन्द्रका नेता दिनानाथ शर्माले मधेशको सबैभन्दा शक्तिशाली मित्र भनेको नै आफ्नो पार्टी रहेको दाबी गरेका थिए । उसो त पार्टी अध्यक्ष प्रचण्डसमेत यतिवेला मधेशमा डेरा जमाएर बसेका छन् ।

त्यस्तै बैठकले दुई नम्बर प्रदेशको निर्वाचनमा सहभागि हुने उम्मेदवारहरुको टुंगो लगाउने बताईएको छ । अधिकांश काठमार्डौमा रहेका नेताहरु यही बैठकका लागि वीरगन्ज पुगेका हुन् । त्यस्तै बैठकले कांग्रेस र एमालेबाहेक संघीय समाजवादी फोरम नेपाल, राजपा, विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमसँग पनि चुनावी तालमेल गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...

जसमाथि पूरा भरोसा छ, उसैलाई काम दिए भइ गो नि : गोकुल

  नेकपा एमालेका नेता गोकुल बास्कोटाले सचिवालयमा अध्यक्ष ओलीद्वारा प्रस्तावित नेताहरूको कार्यविभाजनको विषयमा...

एमालेमा उपाध्यक्षलाई विभाग र सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोक्ने तयारी

    नेकपा एमालेको भोलि बस्ने सचिवालय बैठकले नेताहरुको कार्यविभाजन प्रस्ताव पारित गर्ने...