गोर्खाल्याण्ड तुहाउन को-को सक्रिय,बिमलको पार्टीमा किन गयो भुइँचालो?



हाम्रो इकोनोमि

छुट्टै गोर्खाल्याण्डको माग गर्दै दार्जीलिङमा दुई महिना भन्दा लामो समय देखि जारी आन्दोलनबारे राज्य सरकारसँग वार्तामा बस्ने/नबस्ने बिषयले आन्दोलनको नेतृत्वकर्ता दल गोर्खा जनमुक्ति मोर्चामा(गोजमो)मा फुट ल्याएको छ।

मोर्चाका केही नेता पश्चिमबंगाल राज्य सरकारसँग वार्तामा बस्नुपर्ने पक्षमा छन भने केही बस्नै हुँदैन भन्ने पक्षमा छन्। आफुलाई वार्ताको बारेमा कुनै पनि जानकारी नदिएको भन्दै मोर्चाका प्रमुख विमल गुरुङले ‘वार्ता पक्षधर’ नेता बिनय तामाङलाई पार्टीबाट निष्कासन गरेका छन्।

वार्तापक्षधर नेताहरुलाई पार्टीबाट निकाले पछि गुरुङले केही नेताले गोर्खाल्याण्ड आन्दोलनलाई गलत दिशामा लिन निरन्तर प्रयत्न गरेको आरोप लगाए।

बिहिबार साँझ एक भिडियो वक्तव्य जारी गर्दै गुरुङले आफ्नो घरमा छापा मार्न र प्रहरी लगाएर आफुलाई पक्राउ गर्न केही नेताले चाहेको तर ती सबैलाई युवाहरुले असफल बनाइदिएको बताए।

उनले पश्चिम बंगाल सरकारसँग वार्तामा बस्ने बिषयमा आफुलाई कुनै जानकारी नदिएको भन्दै आक्रोस पनि पोखे। ‘म संग कुनै सल्लाहा नगरि ममता ब्यानर्जीसँग वार्तामा बसे। ‘वार्ता कहाँ, कहिले कति समय ?’ हुन्छ भन्ने पनि मलाई जानकारी गराएनन्’, गुरुङले भने,‘ ‘कोर्अडिनेश कमिटिको संयोजक को हुन्छ ?’ भन्ने पनि जानकारी गराइएन्। मलाई अँध्यारोमा राखियो।’

राज्य सरकारसँग कोलकतामा भएको पहिलो वार्ताको तामाङले नेतृत्व गरेका थिए र अर्को बैठक सेप्टेम्बर १२ मा हुँदैछ। मोर्चाका सहसचिव समेत रहेका तामाङले अर्को वार्तामा अनिश्चितकालिन आमहड्तालको रहस्य खोल्ने बताएका थिए।

मोर्चा प्रमुख गुरुङ अझै आन्दोलनलाई जारी राख्नुपर्ने र राज्य सरकारसँग वार्ता गर्न नहुने मत राख्छन्। ‘हामी जेल जानुपर्छ, हामी गिरफ्तार हुन तयार हुनुपर्छ’, उनी भन्छन,‘ जनता एक दिनका लागि मात्रै पुग्ने खाना हुँदा पनि तीन महिनासम्मका लागि कष्ट सहन तयार छन्। गोर्खाल्याण्ड प्रति कठोर छन्।’

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

महाराष्ट्रका उप-मुख्यमन्त्री चढेको विमान दुर्घटना

    भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड...

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

    जापानका प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्को तल्लो सदन विघटन गर्दै फेब्रुअरी...

गायक प्रशान्त तामाङको निधन

    गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनी निकट...