२ नम्बर प्रदेशको एक मात्र महानगरमा यसरी हुदैछ भाले भिडन्त,को-को छन् मैदानमा?



हाम्रो इकोनोमि

प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगन्जका लागि सबै दलको उम्मेदवारी करिब टुंगो लागेको छ । मधेसको मुख्य नाका र देशकै ‘लाइफ लाइन’ रहेको सहरको नेतृत्व लिन मुख्य दलबीच तीव्र होड छ ।

उम्मेदवारको नाम औपचारिक घोषणा नभए पनि क–कसबीच प्रतिस्पर्धा हुने भन्ने करिब निश्चित छ । कांग्रेसले अजय द्विवेदीलाई मेयर उम्मेदवार बनाउने तय गरेको छ । उपमेयरमा शान्ति कार्कीलाई अघि सारिएको छ ।

एमालेले बसिरुद्धिन अन्सारीलाई अघि सार्ने तयारी गरेको छ । स्थानीय कमिटीबाट सर्वसम्मत रूपमा उनको नाम आइसकेको छ । केन्द्रबाट घोषणा हुन मात्र बाँकी छ । माओवादी केन्द्रले युवा नेता रहबर अन्सारीलाई प्रमुखका रूपमा अघि सार्ने तयारी गरेको छ ।

राजपाले विमलकुमार श्रीवास्तवलाई अघि सार्ने भएको छ । संघीय समाजवादी फोरमले विजयकुमार सरावगीलाई प्रमुखमा अघि सार्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...