२ नम्बर प्रदेशको एक मात्र महानगरमा यसरी हुदैछ भाले भिडन्त,को-को छन् मैदानमा?



हाम्रो इकोनोमि

प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगन्जका लागि सबै दलको उम्मेदवारी करिब टुंगो लागेको छ । मधेसको मुख्य नाका र देशकै ‘लाइफ लाइन’ रहेको सहरको नेतृत्व लिन मुख्य दलबीच तीव्र होड छ ।

उम्मेदवारको नाम औपचारिक घोषणा नभए पनि क–कसबीच प्रतिस्पर्धा हुने भन्ने करिब निश्चित छ । कांग्रेसले अजय द्विवेदीलाई मेयर उम्मेदवार बनाउने तय गरेको छ । उपमेयरमा शान्ति कार्कीलाई अघि सारिएको छ ।

एमालेले बसिरुद्धिन अन्सारीलाई अघि सार्ने तयारी गरेको छ । स्थानीय कमिटीबाट सर्वसम्मत रूपमा उनको नाम आइसकेको छ । केन्द्रबाट घोषणा हुन मात्र बाँकी छ । माओवादी केन्द्रले युवा नेता रहबर अन्सारीलाई प्रमुखका रूपमा अघि सार्ने तयारी गरेको छ ।

राजपाले विमलकुमार श्रीवास्तवलाई अघि सार्ने भएको छ । संघीय समाजवादी फोरमले विजयकुमार सरावगीलाई प्रमुखमा अघि सार्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...