यसरी बागमती सफाई गरे जहाजका परिले



हाम्रो इकोनोमि

वाग्मती सरसफाइको २२५औँ हप्ताको कार्यक्रम आज सम्पन भएको छ ।
सिनामंगलस्थित वाग्मती पुलसँगै नदीका आसपासका पाँच टन फोहर संकलन गरिएको थियो । कार्यक्रममा वाग्मती सभ्यता अभियानकर्मी, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका साथै विभिन्न संघसंस्थाको सहभागिता थियो ।

सिजन मिडियाद्वारा आयोजित मिस एयर होस्टेज, २०१७ मा सहभागी ४० प्रतियोगी पनि सहभागी भई वाग्मती सफाइमा सहयोग गरेका थिए । विमान परिचारिकाहरुलाई सामाजिक कर्तव्य र उत्तरदायित्वका बारेमा जानकारी हासिल होस् भन्ने उद्देश्यले तिनलाई कार्यक्रममा सहभागी गराइएको हो । आगामी असोज २ गते मिस एयर होस्टेज, २०१७ को अन्तिम प्रतियोगिता हुनेछ ।

विभिन्न तालीम सेन्टरमा एयरहोस्टेजसम्बन्धी तालीम लिइरहेका र लिइसकेका युवतीलाई ध्यानमा राखी उनीहरुको विमान परिचारिका बन्ने सपना पूरा गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको कार्यक्रम सञ्चालक प्रदीपराज वन्तले बताए । यो मिस एयरहोस्टेजको चौथो संस्करण हो ।

प्रतिक्रिया दिनुहोस
धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...

खोलाले बगाएर जाजरकोटमा दुई जना बेपत्ता

    जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परी दुई जना बेपत्ता भएका छन्...

ललितपुरको हात्तिवनमा चल्यो डोजर

    काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका संरचनामा...

महाधिवेशन रोक्न माग गर्दै देउवा समूह अदालत जाने

    नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन प्रक्रिया रोक्न माग...