गोलभेँडा खेतीबाट मनग्य आम्दानी



हाम्रो इकोनोमि

रैनादेवी गाउँपालिका–५ मुझुङ्गका सन्तोष बम्रेलले भाडाको जग्गामा गरेको गोलभेडा खेतीबाट वार्षिक रु १० लाख आम्दानी गर्दै आएको छ ।

“गोलभेँडा खेती गर्न भाडामा लिएको झण्डै १५ रोपनी जग्गाका लागि वार्षिक रु पचास हजार तिर्नुपर्छ,” बम्रेलले भन्नुभयो,– “गोलभँेडा खेतीमा श्रम र पसिना पोखे विदेशमा भन्दा बढी आम्दानी यहाँ नै लिन सकिन्छ ।” गोलभेँडा खेतीबाट अहिले रु १० लाखसम्म आम्दानी गर्न सफल भएको उहाँले बताउनुभयो ।

श्रम र पसिना पोखे स्वदेशका भिरपाखमा पनि पैसा कमाउन सकिन्छ भन्ने उदाहरण म आफैं बनेको छु, बम्रेल भन्नुभयो – “राम्रो आम्दानी हुन थालेपछि अहिले यहाँका युवाहरु जग्गा भाडामा लिएर भए पनि गोलभेँडा खेती शुरु गरेका छन् ।”

अर्का युवा तिलक रानाले पनि भाडाकै जग्गामा गोलभेँडा खेती गरेर वार्षिक रु सातदेखि आठ लाखसम्म आम्दानी लिन थालेका छन् । राम्रो आम्दानी हुन थालेपछि उनी पनि गोलभेँडा खेतीमा हौसिएका छन् । गाउँमा गोलभेँडा खेतीबाट रु ५० हजारदेखि १० लाखसम्म आम्दानी लिनेको संख्या वर्षेनी बढ्दै गएका छन् ।

गोलभँेडा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि रोजगारीका लागि विदेशिने युवाको संख्यामा पनि यहाँ कमि हुँदै गएको छ । व्यावसायिक गोलभेँडा खेतीबाट मनग्य आम्दानी हुन थालेपछि सयौँ घरपरिवारको जीवनस्तरमा समेत सुधार आएका छन् । गोलभँेडा खेतीबाट जीवनस्तरमा सुधार आएपछि यहाँका परिवारमा खुशी छाएका छन् ।

पाल्पाली गोलभँेडाको माग बजारमा एकदमै राम्रो रहेको र यस वर्ष मूल्य पनि राम्रो भएकाले किसान आफ्नो बारीको गोलभेँडाको बोटलाई निकै स्याहार गर्न व्यस्त देखिन्छन् ।

गोलभेँडाको बजार मूल्य अहिले प्रतिकिलो रु १०० को हाराहारी छ । गत वर्र्षभन्दा यस वर्ष प्रतिकिलो रु ७० देखि ८० बढी पाउने भएपछि किसान खुशी भएको मुझुङ्ग कृषि सहकारी संस्थाका सदस्य चन्द्रवीर कार्कीले बताउनुभयो ।

बजारको समस्या झेल्न नपर्ने भएपछि किसानलाई गोलभेँडा खेती गर्न झनै सजिलो भएको छ । सहकारीले बजार व्यवस्थापन, मल, बीउ, प्राविधिक सहयोग र ऋणसमेत व्यवस्था गरेपछि गोलभँेडा खेतीमा स्थानीय आकर्षित बनेका हुन् ।

यहाँ उत्पादित गोलभेँडा सदरमुकाम तानसेन र बुटवलमा मात्र बिक्री हुँदै आएकोमा यतिखेर पोखरासम्म बिक्री हँुदै आएका छन् । यहाँ दैनिक ५० देखि ६० क्विन्टल गोलभँेडा उत्पादन हुँदै आएको बजार व्यवस्थापनका संयोजक अम्बरबहादुर कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...