प्रदेश र संघको निर्वाचन एकै चरणमा हुनुपर्छ :  नेपाल



नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश र संघको निर्वाचन एकै चरणमा हुनुपर्ने बताउनुभएको छ ।
नेपाल दूरसञ्चार कर्मचारी संघको आठाँै केन्द्रीय परिषद्को आज पूर्वी चितवनको रत्ननगरमा उद्घाटन गर्दै उहाँले एकै चरणमा निर्वाचन हुँदा सबैलाई सहज हुने भए पनि सरकारले मंसिरमा चरणबद्ध निर्वाचन गर्न लागी जनता झुक्काउने काम गरेको दोषारोपण गर्नुुभयो । समय समयमा मिति सार्दै जाँदा निर्वाचन नहुने खतरा बढ्ने बताउँदै उहाँले सरकार निर्वाचन गराउनभन्दा पनि कर्मचारी भर्ना, सरुवा, बढुवामा लागेको आरोप लगाउनुभयो ।

पर्यटक भित्र्याएर मुलुक समृद्ध बनाउनका लागि वार्षिक एक करोड पर्यटक भित्र्याउने तयारीमा लाग्न सरकारलाई आग्रह गर्नुभयो । नेपाल टेलिकमका कर्मचारीलाई राजनीति छाडेर गुणस्तरीय सेवा दिनेतर्फ लाग्न उहाँले आग्रह गर्नुभयो ।  सो अवसरमा संघका सल्लाहकार अशोक कर्ण र उपाध्यक्ष दामोदर केसी, कर्मचारी युनियनका अध्यक्ष राजकुमार मेहता, वर्कस युनियनका अध्यक्ष राजेन्द्र दाहाललगायतले बोल्नुभएको थियो । संघका केन्द्रीय अध्यक्ष राजबहादुर रावलको अध्यक्षतामा भएको परिषद् बैठक शनिबारसम्म चल्नेछ । बैठकले सांगठनिक र आर्थिक प्रतिवेदन पारित गर्दै विधान संशोधन गर्ने छ । बैठकमा पाँच सयको सहभागिता छ । बैठक चितवन घोषणापत्र जारी गर्दै सम्पन्न हुने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
यो सरकार २०८४ को निर्वाचनसम्म जान्छ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज

प्युठानको सरुमारानीमा माओबादी छोडेर सिंगो गाउँ नै एमालेमा प्रबेश

    प्युठानको सरुमारानीमा मगर र गुरुङ बस्ती रहेको सिंगो गाउँ नै माओवादी

यो सरकार काम गरेर देखाउँछ : उपप्रधानमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकार दिन गनेर नबस्ने बताएका

अमेरिकामा रहेका ३ हजारबढी नेपाली ६ महिनामै फिर्ता हुने

    गत सोमबार दोस्रो कार्यकालको राष्ट्रपतिको शपथ लिएका डोनाल्ड ट्रम्को आप्रवासनसम्बन्धी नीतिको