प्रदेश र संघको निर्वाचन एकै चरणमा हुनुपर्छ :  नेपाल



हाम्रो इकोनोमि

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश र संघको निर्वाचन एकै चरणमा हुनुपर्ने बताउनुभएको छ ।
नेपाल दूरसञ्चार कर्मचारी संघको आठाँै केन्द्रीय परिषद्को आज पूर्वी चितवनको रत्ननगरमा उद्घाटन गर्दै उहाँले एकै चरणमा निर्वाचन हुँदा सबैलाई सहज हुने भए पनि सरकारले मंसिरमा चरणबद्ध निर्वाचन गर्न लागी जनता झुक्काउने काम गरेको दोषारोपण गर्नुुभयो । समय समयमा मिति सार्दै जाँदा निर्वाचन नहुने खतरा बढ्ने बताउँदै उहाँले सरकार निर्वाचन गराउनभन्दा पनि कर्मचारी भर्ना, सरुवा, बढुवामा लागेको आरोप लगाउनुभयो ।

पर्यटक भित्र्याएर मुलुक समृद्ध बनाउनका लागि वार्षिक एक करोड पर्यटक भित्र्याउने तयारीमा लाग्न सरकारलाई आग्रह गर्नुभयो । नेपाल टेलिकमका कर्मचारीलाई राजनीति छाडेर गुणस्तरीय सेवा दिनेतर्फ लाग्न उहाँले आग्रह गर्नुभयो ।  सो अवसरमा संघका सल्लाहकार अशोक कर्ण र उपाध्यक्ष दामोदर केसी, कर्मचारी युनियनका अध्यक्ष राजकुमार मेहता, वर्कस युनियनका अध्यक्ष राजेन्द्र दाहाललगायतले बोल्नुभएको थियो । संघका केन्द्रीय अध्यक्ष राजबहादुर रावलको अध्यक्षतामा भएको परिषद् बैठक शनिबारसम्म चल्नेछ । बैठकले सांगठनिक र आर्थिक प्रतिवेदन पारित गर्दै विधान संशोधन गर्ने छ । बैठकमा पाँच सयको सहभागिता छ । बैठक चितवन घोषणापत्र जारी गर्दै सम्पन्न हुने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...