एमालेले दुई नम्बर प्रदेशका उम्मेदवारको भोली टुंगो लगाउने



नेकपा एमालेले दुई नम्बर प्रदेशका स्थानीय तहमा उठ्ने उम्मेदवारबारे शनिबार निर्णय गर्ने भएको छ।
उम्मेदवारबारे निर्णय गर्न शनिबार स्थायी समिति बैठक बोलाइएको सचिव योगेश भट्टराईले जानकारी दिए। दुई नम्बर प्रदेशका १३६ स्थानीय तहमध्ये ११६ वटा नगरपालिका र गाउँपालिकाका उम्मेदवारबारे प्रदेश कमिटीले निर्णय गरेको छ।

बाँकी २० वटा स्थानीय तहको नेतृत्वमा उठ्ने उम्मेदवारको नाम शनिबार बस्ने स्थायी समिति बैठकले निर्णय गर्ने छ। प्रदेश कमिटीका सहसंयोजक नागेन्द्र चौधरीका अनुसार स्थायी कमिटीले निर्णय गरेपछि १३६ वटै स्थानीय तहका उम्मेदवाको सूची एकसाथ सार्वजनिक गर्ने तयारी भएको छ।

एमालेमा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष र नगरपालिका प्रमुख/उपप्रमुखको उम्मेदवारबारे प्रदेश कमिटीले निर्णय गर्ने, महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखबारे स्थायी समितिले निर्णय गर्नेछ।

दुई नम्बर प्रदेशमा रहेको एकमात्र महानगरपालिका वीरगञ्जमा एमालेका तर्फबाट बसरूद्धीन अन्सारी उठ्ने निश्चित छ। स्थायी समिति बैठकले उनको नाममा औपचरिक निर्णय गर्न मात्र बाँकी रहेको चौधरीले बताए। यो प्रदेशमा रहेका तीन उपमहानगरपालिकाका उम्मेदवारको टुंगो पनि स्थायी समितिले लगाउने छ।

 

प्रतिक्रिया दिनुहोस
राजावादी एकता : कमल थापा र लिङदेन एकै मञ्चमा

     लामाे समयदेखि दुरीमा रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका

शिक्षक साथीहरू ! खल्तीमा सलाईको बट्टा लिएर हिँड्नेसँग होसियार बन्नुहोस्

    नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली लेख्नुहुन्छ , शिक्षक आन्दोलन क्रमशः जटिल

पूर्वराजा ज्ञानेन्द्रलाई कारबाही गर्नुपर्छ : ठाकुर गैरे

    सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद ठाकुर गैरेले पूर्वराजा ज्ञानेन्द्र शाह

माया राईको सांसद् पद तत्काल निलम्बन नहुने

    नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेको सूचना संघीय संसद् सचिवालयमा