संविधानलाई सर्वस्वीकार्य बनाउन सरकार लागि परेको छ : मन्त्री बस्नेत



हाम्रो इकोनोमि

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संविधानलाई सर्वस्वीकार्य बनाउन सरकार प्रयासरत रहेको बताउनुभएको छ ।

‘हाम्रो आफ्नै आनीबानी, आफ्नै हावापानी, आयुर्वेदमा गरौँ लगानी’ भन्ने नाराका साथ आजदेखि यहाँ शुरु भएको नेपाल आयुर्वेद चिकित्सक सङ्घको नवौँ सम्मेलनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “राष्ट्रिय जनता पार्टी संविधान संशोधन नभई तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुनु अति सकारात्मक कुरा हो । सरकारले पनि संविधानलाई सर्वस्वीकार्य बनाउन आफ्नो तर्फबाट गरिनुपर्ने प्रयासलाई छाडेको छैन ।”

प्रदेश तथा प्रतिनिधिसभाको आसन्न निर्वाचनलाई सफल बनाउन पनि उहाँले आह्वान गर्नुभयो ।

स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभाका निर्वाचनले संविधानको कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरण हुने चर्चा गर्दै सूचना तथा सञ्चारमन्त्री बस्नेतले यी निर्वाचनले राजनीतिक संक्रमणको अन्त्य गर्दै आर्थिक समृद्धिको ढोकासमेत खोल्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “जति छिटो राजनीतिक संक्रमणकालको अन्त्य हुन्छ, त्यति नै छिटो राजनीतिक स्थायित्व र आर्थिक समुन्नत हुन्छ, यसैकारण आगामी दिनमा हुने निर्वाचनलाई सफल बनाउन म सबैमा आग्रह गर्छु । ”

संघीय संरचनामा आयुर्वेद सेवालाई स्थानीय तहसम्म विस्तार गर्न यसको संरचनालाई फराकिलो बनाउँदै लैजान र यसको महत्व र उपादेयतालाई आमजनतामाझ पु¥याउन आवश्यक भएकामा मन्त्री बस्नेतले जोड दिनुभयो । उहाँले आयुर्वेद विश्वविद्यालय स्थापना गर्न पहल गर्ने जानकारीसमेत दिनुभयो ।

संघीय संरचनामा आयुर्वेद सेवाको थप विस्तार, यस क्षेत्रमा भएका अनुसन्धान र अनुभव एकापसमा आदानप्रदान गर्ने ध्येयले आयोजित सो दुईदिने सम्मेलनमा ३०० आयुर्वेद चिकित्सकले भाग लिइरहेका छन् ।

सङ्घका सचिव डा प्रकाश ज्ञवालीका अनुसार आयुर्वेदका महत्वपूर्ण पक्ष पञ्चकर्म, छारसूत्र विधिका साथै यस क्षेत्रमा विदेशी लगानी, बजेट वृद्धि, जनशक्ति विकास, अस्पतालमा पनि आयुर्वेदका एकाइ स्थापनाजस्ता क्षेत्रमा पनि सम्मेलनमा छलफल हुनेछ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा किरण रेग्मीले मन्त्रालयले पछिल्लो समय आयुर्वेदका क्षेत्रमा लगानी वृद्धि गर्दै लगेको तर लगानीअनुरुपका प्रतिफल नआएको बताउनुभयो । नसर्ने रोगको वैकल्पिक उपचारमा आयुर्वेदको महत्व बढ्दै गएको अनुभव पनि उहाँले सुनाउनुभयो ।

सो अवसरमा आयुर्वेदका क्षेत्रमा महत्वपूर्ण योगदान दिएबापत डा शेषराज आचार्य र डा सरिता श्रेष्ठलाई सम्मान गरिएको थियो ।

संघका अध्यक्ष डा शंकर पौडेल, पूर्व अध्यक्ष डा चन्द्रराज सापकोटा तथा सम्मानित व्यक्तित्व आचार्यले आयुर्वेदलाई सरकारले प्राथमिकतामा राख्न नसकेको गुनासो गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
पूर्व सभापति देउवालाई स्वागत छ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिको बैठकबाट पूर्व सभापति शेरबहादुर...

पार्टी एकताका लागि देउवाको आव्हान

    नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी एकताको आह्वान गरेका छन्। करिब...

नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र त हुँदै छैन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र...

बाजागाजासहित देउवालाई स्वागत गर्न ७ हजार नेता-कार्यकर्ता सडकमा

    नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न पार्टीको इतर समूहले आज...