कमल थापाले पशुपतीलाई लगाईदिए चुकुल,यस कारण राणाका मन्त्रीले सपथ खान पाएनन्



कमल थापालाई देखाईदिन पार्टी फुटाएका पशुपती समशेर राणाले शिफारिश गरेका साम्सदले आज विस्तार हुने भनिएको क्याबिनेटमा सहभागी हुन पाएनन । पशुपति शमशेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) ले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुँगो लगाएको छ । तर सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण आज सरकारमा सहभागी हुने राप्रपा प्रजातान्त्रिकको योजनामा ब्रेक लागेको छ ।

राप्रपा प्रजातान्त्रिक आज नै सरकारमा सहभागी हुने योजना थियो । राप्रपा प्रजातान्त्रिकका एक नेताका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने नेताको सूची तयार गरिसकेको थियो ।
तर, सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल नगरी आफूलेमात्रै एकल निर्णय लिन नसक्ने जवाफ प्रधानमन्त्री देउवाले दिएपछि अध्यक्ष राणा हिस्स बनेका छन् ।

स्रोतका अनुसार प्रचण्ड यही भदौ १९ गतेमात्रै काठमाडौं फर्किने कार्यक्रम रहेको छ । प्रचण्ड अहिले चुनावी दौडाहाको लागि मधेशमा छन् ।तर कमल थापाले प्रचण्डको कान फुके पछी त्यो रोकिएको श्रोतको भनाइ छ।
हुन त सरकारमा सहभागी हुनेबारे अध्यक्ष राणाले प्रधानमन्त्री देउवा र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै छलफल गरीसकेका थिए । तर कति मन्त्रालय दिने भन्नेबारे अहिले नै दुई नेताहरुवीच कुनै समझदारी भएको छैन ।राप्रपा(प्रजातान्त्रिक)बाट ४ मन्त्री र २ राज्यमन्त्री सरकारमा सहभागी हुनेछन्। राप्रपा (प्रजातान्त्रिक)ले सुनिलबहादुर थापा, बिक्रम पाण्डे, दीपक बोहोरा, रामकुमार सुब्बा र रेशम लामा मध्ये एकलाई सरकारमा पठाउने भएको हो । तर अब रात रहे अग्राख पलाए झैँ हुने जानकारको टिप्पणी छ।

 

प्रकाशित मिति : १६ भाद्र २०७४, शुक्रबार  १० : ०९  बजे

प्रतिक्रिया दिनुहोस
जसपा नेता यादवले भने: मधेश नेपालबाट अलग भएरै छोड्छ

    प्रहरीको खोजीमा रहेका जसपा नेता अशोक यादवले आफ्नो कर्तुतलाई राजनीतिक र

आवेग र उत्तेजना होइन संयमित बनौँ : उपप्रमुख डंगोल

     काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले संविधान र कानूनले तोकेको परिधिभित्र रहेर,

०८४ सम्म सबै भूमिहीनले पूर्जा पाउँछन् : उपप्रधानमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ०८४ साल नपुग्दै देशभरका सबै

केपी ओलीको निर्देशनमै एमाले चल्छ : रघुवीर

      नेकपा एमालेका सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कमब्याकले पार्टीभित्र