बसको ठक्करबाट मृत्यु



हाम्रो इकोनोमि

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खरचुयामा माइक्रो बसको ठक्करबाट आज दिउँसो एकजनाको मृत्यु भएको छ ।

काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बा४ख ६५७२ नंको माइक्रो बसको ठक्करबाट सोही ठाउँ बस्ने २७ वर्षीय बुधेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मण्डललाई बाटो काट्ने क्रममा माइक्रो बसले ठक्कर दिएको थियो ।

घटनापछि आक्रोशित स्थानीयवासीले ठक्कर दिने माइक्रोको तोडफोड गर्दै अहिले पूर्व–पश्चिम राजमार्ग सडकखण्ड अवरुद्ध पारेका छन् ।

बाटो खुलाउन इलाका प्रहरी कार्यालय कडरबोनाको टोली त्यहाँ पुगेको जिप्रकाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...