पोखरा पुगेर ओलीले कांग्रेसलाई चुत्थो गाली गरे,कुन पार्टीका कतिलाई पार्टी प्रवेश गराए?



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीतिमा दुई पार्टीबीच मात्र प्रतिस्पर्धा हुने गरेको बताएका छन् ।

उनले काँग्रेस र एमालेमात्र प्रतिस्पर्धाका पार्टी भएको र अरु तराजुका ढक जस्तै भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले प्रदेश समन्वय समिति प्रदेश नम्बर ४ को पार्टी प्रवेश कार्यक्रममा ओलीले एमाले जनताको साझा पार्टी भएको बताएका छन् ।

‘काँग्रेसले लोकतन्त्र जप्ने काम गर्छ, व्यवहारमा केही देखाउँदैन्,’ ओलीले भने, ‘तर, एमाले लोकतन्त्र प्रणालीलाई लागू गर्ने पार्टी हो । अरु जस्तो जहाँ ताली पाइन्छ त्यही अनुसारका कुरा एमालेले गर्दैन् ।’ उनले माओवादीको नाम चुनाव सम्मको लागि मात्र भएको बताए ।

‘आगमी चुनावसम्म माओवादीको नाम लिउँ, त्यसपछि किन नलिएको भनेर कसैले भन्दैन्,’ उनले भने, ‘माओवादी वैचारिक रुपमा विघटन भइसकेको छ । माओवादी केन्द्रीय समिति जम्मा चार हजारमात्र छ अरु केही छैन् ।’
एमालेको विरोधमा अरु पाटीसँग मिलेर कति दिनसम्म चल्ने भन्दै उनले बिरालोको उदाहरण दिदै भने, ‘बिरालोलाई पालिराख्न पर्दैन् छिमेकीको बिरालोलाई दूध र भात दियो भने यतै आउँछ।’

आगमी मंसीरमा हुने प्रदेश र संसदको चुनावमा एमालेले अविरजात्रा गर्ने ओलीले ठोकुवा गरे । ‘विजयीको यात्रालाई कसैले रोक्न सक्दैन् । नेकपा एमाले चुनावी मैदानमा फ्रि स्टाइलले जान चाहन्छ,’ उनले भने, ‘सरकारले पटक–पटक धाधली गरिरहेको छ । प्रदेश नम्बर २ मा हुने स्थानीय चुनावमा पनि एमाले पहिलो नम्बर नै हुनेछ ।’ तराई, मधेसको विकासमा एमालले राम्रो काम गरेकोले त्यहाँका जनताको साथ पाउने उनले प्रस्टाए।

ओलीले अखण्ड नेपाल पार्टीबाट एमालेमा प्रवेश गरेका कार्यकर्तालाई विचार र विधिबाट पार्टी चलेको हुँदा दुविधा मान्न नपर्ने आश्वासन दिए । पार्टीले जनतामा समृद्धी, प्रगति, परिवर्तनको चाहना प्रतिनिधित्व गर्ने भएको ओलीले कार्यकर्तालाई प्रस्टाए । ‘यो आत्मसन्तुष्टी हुने पार्टी हो । यहाँ काम गरेर पसिना खेर गयो भन्ने हुँदैन्,’ उनले भने, ‘एमालेको विरोघमा घेराबन्दी छ तर हामी सही छौं, सही काम गरेका छौं । एमालेले सेतोलाई कालो र कालोलाई सेतो भन्ने पार्टी नभई जे हो त्यही भन्ने हिम्मत राख्छ।’

सो अवसरमा अखण्ड नेपाल पार्टीका झन्डै दुई दर्जन कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । प्रवेश गर्ने अखण्ड नेपालका केन्द्रीय सचिवालय सदस्य उदयबहादुर बस्नेतले राष्ट्रियता बोकेको पार्टीमा गएर जिम्मेवारी लिएर काम गर्ने अठोट लिएको बताए। पार्टीका केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङले विकास र आर्थिक समृद्धीको स्पस्ट नारा बोकेको पार्टीले सधै मुलुकको हीत गर्ने बताए । ‘मुलुकमा अझै पनि जातियतावादको अन्त्य नभएको हुँदा यी सबै बिसंगतिलाई समाधान गरेर अगाडि बढ्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...