फेसबुकले दैनिक १० लाखभन्दा बढी अकाउन्ट बन्द गर्दैछ,कारण यस्तो छ,कतै तपाइको पनि पो पर्ने हो की?



हाम्रो इकोनोमि

नक्कली, झुक्याउने र फसाउने तथा सामाजिक रुपमा आघात पुरयाउन सक्ने खालका फेसबुक अकाउन्टहरु बन्द गर्न सुरु गरेको कम्पनीका सुरक्षा प्रमुख एलेक्स स्टेमोसले बताएका छन् । यसका लागि सामाजिक सञ्जाल फेसबुकले दैनिक रुपमा नै १० लाखभन्दा बढी अकाउन्ट बन्द गर्न लागेको हो ।

विश्वमा दुई अर्बभन्दा बढी प्रयोगकर्ता भएका फेसबुकमा लाखौं नक्कली अकाउन्ट रहेका छन् । उनीहरुले कहिलेकाही नराम्रा, हिंसात्मक र नकारात्मक पोष्ट तथा भिडियोहरु फेसबुकमा राखी तत्कालै हटाउन सक्ने भएकाले दोषी मान्छेको सहजै पहिचान गर्न गाह्रो भएको र कसले फेसबुकको नियम तोडिरहेको छ र को दोषी हो भन्ने कुरा पत्ता लगाउन गाह्रो भएको स्टेमोसले बताएका छन् ।

उनले भने, ‘यी सबै पहिचान गर्दै बन्द गर्न निकै कठिनाइ भएकोले पहिचान नभएको खण्डमा अन्य एकाउन्ट पनि बन्द हुने ठूलो जोखिम कम्पनीले उठाउनु पर्नेछ ।’ आफ्नो सुरक्षा नीति लागु गर्नु मात्र नभई फेसबुक प्रयोगकर्ताहरुलाई सुरक्षित राख्नु प्रमुख मुद्दा भएको बताइएको छ ।

दैनिक लाखौं मानिसबीच सम्पर्क हुन्छ । यी सबैका लागि नियम–कानुन बनाउन सकिन्न । त्यसैले पनि दैनिक रुपमा नकारात्मक सन्देश फैलाउने खालका १० लाख एकाउन्ट बन्द गरिदैं आएको कम्पनीले बजाएको छ । तर कम्पनीले १०० भन्दा बढी देशको कानुनी आधारमा रहेर उक्त काम सञ्चालन गर्न आवश्यक रहेको स्टेमोसले बताएका छन् ।

कम्पनीका संस्थापक मार्क जुकरवर्गले कम्पनीको आक्रामक सामग्रीको निगरानी गर्न र नियन्त्रणका लागि ३००० अतिरिक्त कर्मचारीहरुलाई पनि काममा नियुक्त गरिएको बताएका छन् ।

सामाजिक सञ्जालमा विकृति फैलाउने केही मानिसहरुले व्यक्तिगत रुपमा दिनमा नै हजार भन्दा बढी फेसबुक अकाउन्ट खोलेको पनि पाइएको छ । त्यसैले पनि यस्ता झुटा, फसाउने, धम्की दिने तथा नकारात्मक विचार फैलाउने खालका अकाउन्टहरु दैनिक रुपमा १० लाख भन्दा पनि बढी संख्यामा बन्द गरिदै आएको र फेसबुकबाट हुने सामाजिक अपराध रोक्नका लागि सक्दो प्रयास गरिरहेको बम्पनीलेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...