अचारसंहिता उलंघन गर्नेलाई डण्डित गरौ : नेता कोइराला



स्थानीय तहको तेस्रोचरणको निर्वाचन प्रारम्भ भएसंगै विभिन्न राजनीतिक दलबाट प्रचारप्रसारको क्रममा भएका अचारसंहित उलंघनका घटनाप्रति नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले दलहरुको सहमतिमा तयार पारिएको निर्वाचन अचारसंहितालाई केही दलका नेता र उम्मेदवारले नै उलंघन गर्नु दुखद भएको प्रतिक्रिया व्यक्त गर्नुभयो । नेपाली काँग्रेस जिल्ला कार्यसमितिले आज वीरगन्ज महानगरपालिकाको छपकैयामा आयोजना गरेको घरदैलो कार्यक्रममा सहभागी हुनुभएका नेता कोइरालले सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचन अचारसंहिता उलंघन गर्नेलाई मतदाताले दण्डित गर्ने बताउनुभयो ।

दलहरुको सहमतिमै निर्वाचन आयोगले जारी गरेको अचारसंहितको पूर्णपालना हुनु सबैको हितमा भएको बताउँदै उहाँले अचारसंहिता उलंघन गर्नेलाई आयोगले कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
माओवादी तत्काल सरकारमा नजाने

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा रहेका पार्टीका प्रमुखसहित

लागू औषध नियन्त्रणका लागि सांसद तामाङको सरकारलाई कडा नीति अपनाउने आग्रह

    प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले नेपालमा लागू औषध दुर्व्यसन बढ्दै गएको

यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने घिमिरेको अभिव्यक्तिप्रति आपत्ति

    नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले नेपाली कांग्रेसका प्रमुख सचेतक

राजस्वले साधारण खर्च धान्नसमेत धौधौ परिरहेको छ : अर्थमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको राजस्व संकलनले साधारण खर्चसमेत धान्न