प्रचण्डले माधब नेपालको आगनमा ग्याँस सिलिण्डर बाँडे,नेपालले प्रचण्डको जिल्ला पुगेर के-के भाँडे?



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले रौतहटमा छन् । रौतहट एमाले वरिष्ठ नेता माधव कुमार नेपालको गृहजिल्ला हो । यहाँ प्रचण्डले बाढी पीडितलाई राहत वितरिणका साथै उनीहरुका समस्याबारे जानकारी लिइरहेका छन् ।

बिहीबार बाढी पीडित क्षेत्रको अवलोकन र राहत बितरणपछि प्रचण्डले पीडितका समस्या सम्बोधन गर्न गम्भीरतापूर्वक लाग्ने बताए ।

प्रचण्डले बिहीबार रौतहट गडर्वामा बाढीबाट भएको क्षतिको अवलोकन गरेका थिए । अवलोकनपछि उद्योग वाणिज्य संघ गौरले आयोजना गरेको कार्यक्रममा प्रचण्डले बाढी प्रभावित क्षेत्रलाई संकटग्रस्त जिल्ला घोषणा गरी राहत र क्षतिपूर्तिको व्यवस्था गर्न पहल गर्ने बताएका थिए ।

प्रचण्डले रौतहटकै गरुडामा एक हजार बाढी पीडित परिवारलाई ग्याँस सिलिण्डर, चुल्हो, खाद्यान्नलगायतका राहत सामग्री बितरण गरेका दाहालको निजी सचिवालयले जनाएको छ । राहत वितरण कार्यक्रममा सहरी विकासमन्त्री प्रभु साहको पनि उपस्थितिमा रहेको थियो ।

यता माधव नेपाल भने आफ्ना जिल्लाका बाढी पीडितलाई राहत बाड्नुको साटो चुनावी प्रचार प्रसारमा खटिएका छन् । संयोगले उनी आज प्रचण्डको गृहजिल्ला चितवनको भरतपुरमा छन् ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...