प्रचण्डले माधब नेपालको आगनमा ग्याँस सिलिण्डर बाँडे,नेपालले प्रचण्डको जिल्ला पुगेर के-के भाँडे?



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले रौतहटमा छन् । रौतहट एमाले वरिष्ठ नेता माधव कुमार नेपालको गृहजिल्ला हो । यहाँ प्रचण्डले बाढी पीडितलाई राहत वितरिणका साथै उनीहरुका समस्याबारे जानकारी लिइरहेका छन् ।

बिहीबार बाढी पीडित क्षेत्रको अवलोकन र राहत बितरणपछि प्रचण्डले पीडितका समस्या सम्बोधन गर्न गम्भीरतापूर्वक लाग्ने बताए ।

प्रचण्डले बिहीबार रौतहट गडर्वामा बाढीबाट भएको क्षतिको अवलोकन गरेका थिए । अवलोकनपछि उद्योग वाणिज्य संघ गौरले आयोजना गरेको कार्यक्रममा प्रचण्डले बाढी प्रभावित क्षेत्रलाई संकटग्रस्त जिल्ला घोषणा गरी राहत र क्षतिपूर्तिको व्यवस्था गर्न पहल गर्ने बताएका थिए ।

प्रचण्डले रौतहटकै गरुडामा एक हजार बाढी पीडित परिवारलाई ग्याँस सिलिण्डर, चुल्हो, खाद्यान्नलगायतका राहत सामग्री बितरण गरेका दाहालको निजी सचिवालयले जनाएको छ । राहत वितरण कार्यक्रममा सहरी विकासमन्त्री प्रभु साहको पनि उपस्थितिमा रहेको थियो ।

यता माधव नेपाल भने आफ्ना जिल्लाका बाढी पीडितलाई राहत बाड्नुको साटो चुनावी प्रचार प्रसारमा खटिएका छन् । संयोगले उनी आज प्रचण्डको गृहजिल्ला चितवनको भरतपुरमा छन् ।

प्रतिक्रिया दिनुहोस
११ दल मिल्नुको कुनै अर्थ छैन : सूर्य थापा

     नेकपा एमालेका पोलिटव्युरो सदस्य सूर्य थापाले ११ पार्टीहरुको मिसिनुको उद्देश्य केपी...

निर्वाचन आचारसंहिताको मस्यौदा तयार

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी,...

संसद पुनःस्थापना, संविधान संशोधन, सर्वदलीय सरकार एमालेको रोडम्याप : प्रदीप ज्ञवाली

    नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसद पुनस्थापना, संविधान संशोधन, सर्वदलीय सरकार...

भीम रावलपनि नेपाली कम्युनिष्ट पार्टीमा विलय

    नेकपा एमालेबाट अलग भएर ‘मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका भीम...