कांग्रेसले उपसभापतिमा निधी र महामन्त्रीमा कार्कीलाई नियूक्त गर्ने



हाम्रो इकोनोमि

लामो समयपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी नियूक्त प्रक्रियालाई अघि बढाएका छन ।

पार्टी्भित्र रहेको विभिन्न समूहले पदाधिकारीहरुमा आ आफ्नो दावी गर्दै आएको कारण देउवाले सबैको चित्त बुझाएर पार्टीलाई पूर्णता दिन सकेका थिएनन

उपसभापतिमा खुमबहादुर खड्कासहित कोइराला समूहको पनि दावी रहँदै आएको थियो तर पछिल्लो समयमा आएर देउवाले उपसभापति र महामन्त्री कसैलाई पनि नदिने स्पष्ट पार्दै आफू निकटकालाई नियूक्तीको तयारी गरेका हुन ।

यस विषयमा देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेललाई दुबई भ्रमण अघि नै जानकारी गराईसकेका छन । तर सहमहामन्त्री भने उनले पौडेल समूहलाई दिन सकिने बताएको स्रोतले जानकारी दिएको छ ।

देउवाले उपसभापतिमा विमलेन्द्र निधी, महामन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र सहमहामन्त्रीमा महेश आचार्य र रामशरण महत मध्ये एकलाई नियूक्त गर्ने गरी तयारी गरेका छन ।

आगामि मंसिरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुने तय भएकोले पदाधिकारी नियूक्त गरेर देउवा संसदीय समिति गठनको तयारीमा छन । पदाधिकारी पूर्ण भएपछि मात्रै संसदीय समिति गठन गर्न सकिन्छ । कांग्रेसमा उम्मेदवारहरुको टिकट वितरण संसदीय समितिले गर्ने ब्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...