देउवालाई जुनसुकै बेला पछार्छु भन्दै प्रचण्डले भने ‘प्रधानमन्त्रीको चाबी मसँग छ’



हाम्रो इकोनोमि

वर्तमान सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरिरहेका छन् । नेकपा माओवादी केन्द्रको मुख्य साझेदारमा देउवाको नेतृत्वमा सरकार गठन गरिएको हो । कतिपयले कांग्रेस नेतृत्वको वर्तमान सरकार माओवादीको प्रभावमा चलेको आरोप पनि लगाउने गरेका छन् । यस आरोपलाई पुष्टि गरेका छन्, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ।

चुनावी कार्यक्रममा सहभागी हुन् मध्य तराईमा रहेका प्रचण्डले ‘प्रधानमन्त्रीको चाबी’ आफूसँग रहेको बताएर देउवा सरकार माओवादीको प्रभावमा चलेको पुष्टि गरेका हुन् । बिहीबार रौतहट उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको चाबी आफूसँगै रहेकाले ‘रौतहट’लाई संकटग्रस्त जिल्ला घोषणा गराउने आश्वासन दिए ।

बाढीबाट भएको क्षतिको जानकारी र रौतहटलाई संकटग्रस्त जिल्ला घोषणा गराउन दबाब दिने उद्देश्यसहित आयोजित उक्त कार्यक्रममा अध्यक्ष प्रचण्डले बाढीबाट सबैभन्दा प्रभावित भएको जिल्ला रहेकाले रौतहटलाई संकटग्रस्त जिल्ला घोषणा गराउने दोहार्‍याएको मिडिया एनपीले लेखेको छ ।

भारतीय पक्षले सीमानामा रहेका बाँध र पानी निकासका ढोकाहरु समयमै नखोल्दा नेपाली पक्षको ठूलो धनजनको क्षति भएको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले परराष्ट्र मन्त्रालय र भारतीय दूतावाससँग कुरा गर्दा पनि भारतीय पक्षले बाँधका ढोकाहरु सयममै खोल्न अटेर गरेको स्वीकारे ।

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...