देउवालाई जुनसुकै बेला पछार्छु भन्दै प्रचण्डले भने ‘प्रधानमन्त्रीको चाबी मसँग छ’



हाम्रो इकोनोमि

वर्तमान सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरिरहेका छन् । नेकपा माओवादी केन्द्रको मुख्य साझेदारमा देउवाको नेतृत्वमा सरकार गठन गरिएको हो । कतिपयले कांग्रेस नेतृत्वको वर्तमान सरकार माओवादीको प्रभावमा चलेको आरोप पनि लगाउने गरेका छन् । यस आरोपलाई पुष्टि गरेका छन्, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ।

चुनावी कार्यक्रममा सहभागी हुन् मध्य तराईमा रहेका प्रचण्डले ‘प्रधानमन्त्रीको चाबी’ आफूसँग रहेको बताएर देउवा सरकार माओवादीको प्रभावमा चलेको पुष्टि गरेका हुन् । बिहीबार रौतहट उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको चाबी आफूसँगै रहेकाले ‘रौतहट’लाई संकटग्रस्त जिल्ला घोषणा गराउने आश्वासन दिए ।

बाढीबाट भएको क्षतिको जानकारी र रौतहटलाई संकटग्रस्त जिल्ला घोषणा गराउन दबाब दिने उद्देश्यसहित आयोजित उक्त कार्यक्रममा अध्यक्ष प्रचण्डले बाढीबाट सबैभन्दा प्रभावित भएको जिल्ला रहेकाले रौतहटलाई संकटग्रस्त जिल्ला घोषणा गराउने दोहार्‍याएको मिडिया एनपीले लेखेको छ ।

भारतीय पक्षले सीमानामा रहेका बाँध र पानी निकासका ढोकाहरु समयमै नखोल्दा नेपाली पक्षको ठूलो धनजनको क्षति भएको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले परराष्ट्र मन्त्रालय र भारतीय दूतावाससँग कुरा गर्दा पनि भारतीय पक्षले बाँधका ढोकाहरु सयममै खोल्न अटेर गरेको स्वीकारे ।

 

प्रतिक्रिया दिनुहोस
शिक्षकलाई राजनीतिक क्रियाकलापमा संलग्न नहुन मन्त्री पुनको चेतावनी

    शिक्षामन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूले पेसागत आचरण र कर्तव्यविपरीत...

संसद् पुनर्स्थापनाको पक्षमा कांग्रेसले सुरु गर्‍यो हस्ताक्षर अभियान

    संसद् पुनर्स्थापनाको पक्षमा नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले पनि हस्ताक्षर अभियान सुरु...

सुकुम्बासी वस्तीमा डोजर ल्याए बालेनको घर भत्काउन जानुस् : दुर्गा प्रसाई

    मंसिर ७ गते आन्दोलनको घोषणा गरेका मातृभूमि बचाउ अभियानका प्रमुख दुर्गा...

एकीकृत समाजवादी पुनर्गठन, भूसाल संयोजक

    एकीकृत समाजवादीले घनश्याम भूसाललाई संयोजक तोकेको छ । यसअघि भूसाल महासचिवको...