फुटेको राप्रपा (प्रजातान्त्रिक) बाट को को छन् मन्त्री



हाम्रो इकोनोमि

कमल थापासँग फुटेर अको पार्टी दर्ता गरेको पशुपति शम्शेरले देउवा सरकारमा मन्त्री पठाउने भएका छन् । पशुपति शमशेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) ले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुँगो लगाएको छ ।

 

संभवतः राप्रपा प्रजातान्त्रिक भोलि नै सरकारमा सहभागी हुने भएको छ। राप्रपा प्रजातान्त्रिकका एक नेताका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने नेताको सूची तयार गरिसकेको छ ।

सरकारमा सहभागी हुनेबारे अध्यक्ष राणाले प्रधानमन्त्री देउवा र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै छलफल गरीसकेका छन् ।

राप्रपा (प्रजातान्त्रिक)बाट ४ मन्त्री र २ राज्यमन्त्री सरकारमा सहभागी हुनेछन्। राप्रपा (प्रजातान्त्रिक)ले सुनिलबहादुर थापा, बिक्रम पाण्डे, दीपक बोहोरा, रामकुमार सुब्बा र रेशम लामा मध्ये एकलाई सरकारमा पठाउने भएको हो ।

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...