फुटेको राप्रपा (प्रजातान्त्रिक) बाट को को छन् मन्त्री



हाम्रो इकोनोमि

कमल थापासँग फुटेर अको पार्टी दर्ता गरेको पशुपति शम्शेरले देउवा सरकारमा मन्त्री पठाउने भएका छन् । पशुपति शमशेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) ले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुँगो लगाएको छ ।

 

संभवतः राप्रपा प्रजातान्त्रिक भोलि नै सरकारमा सहभागी हुने भएको छ। राप्रपा प्रजातान्त्रिकका एक नेताका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने नेताको सूची तयार गरिसकेको छ ।

सरकारमा सहभागी हुनेबारे अध्यक्ष राणाले प्रधानमन्त्री देउवा र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै छलफल गरीसकेका छन् ।

राप्रपा (प्रजातान्त्रिक)बाट ४ मन्त्री र २ राज्यमन्त्री सरकारमा सहभागी हुनेछन्। राप्रपा (प्रजातान्त्रिक)ले सुनिलबहादुर थापा, बिक्रम पाण्डे, दीपक बोहोरा, रामकुमार सुब्बा र रेशम लामा मध्ये एकलाई सरकारमा पठाउने भएको हो ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...