निर्वाचन आचारसंहिता आजबाट लागू,उल्लघंन गरे मनोनयन रद्द सहित एक लाख जरिवाना



निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ । जारी आचारसंहिता आजदेखि लागू भएको छ । आचारसंहिता लागूपछि निर्वाचन प्रभावित गर्ने कुनै पनि काम गर्न पाइने छैन ।

आचारसंहिता उल्लङ्घनमा आयोगले एक लाख रुपैयासम्म जरिवाना र उम्मेदवारी रद्द समेत गर्न सक्नेछ ।
आयोगले निर्वाचन आचारसंहिता जारी गरेपछि सरकारले कुनै पनि कर्मचारीको सुरुवा, बढुवा तथा पदस्थापन समेतका काम गर्न पाउदैन । तर, निर्वाचन आयोगले आचारसंहिता प्रभावित नहुने ठहर गरी अनुमति दिएको अवस्थामा भने सरकारले आवश्यक निर्णय लिन सक्नेछ ।

आयोगले जारी गरेको आचारसंहिता सरकार, सरकारका मन्त्री, स्थानीय र कर्मचारी, सार्वजनिक संस्था तथा कर्मचारीलाई लागू हुनेछ । यस्तै, सरकारी तथा अर्धसरकारी संस्था, कार्यालय र कर्मचारीलाई पनि आचारसंहिता लागू हुनेछ । जारी आचारसंहिता सुरक्षा संगठन र कर्मचारीहरुमा पनि लागू हुनेछ। निर्वाचनको काममा संलग्न कर्मचारी र सार्वजनिक पद धारण गरेको व्यक्तिलाई पनि आचारसंहिता लाग्नेछ ।

उम्मेदवारका हकमा भने मनोनयन दर्तापछि आचारसंहिता लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै आचारसंहिता उल्लङ्घन गरेमा निर्वाचन आयोग ऐन, २०७३ बमोजिम आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

उम्मेद्वारको हकमा मनोनयन रद्द गर्नेसम्मको अधिकार निर्वाचन आयोगलाई छ ।र एक लाख सम्म जरिवाना हुने व्यवस्था पनि छ।

प्रतिक्रिया दिनुहोस
सरकारको नीति तथा कार्यक्रम पारित

    सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।

मार्सी चामल मैले पनि चाखेको छु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा कर्णालीको मार्सी चामलको चर्चा गरेका छन्

प्रधानमन्त्री ओलीलाई भारतीय राजदूतले भेटे

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटेका

राजावादीको काठमाडौंमा मोटरसाइकल र्‍याली

    राजतन्त्र पुन:स्थापनाका लागि अनिश्चितकालीन संयुक्त जनआन्दोलन घोषणा गरेका राजावादी शक्तिहरूले आज