कांग्रेसमा बल्झियो रडाको,देउवालाई खुस्काउन कोइराला क्याम्पको गोप्य बैठक सुरु



हाम्रो इकोनोमि

तेस्रो चरण अन्तर्गत असोज २ गतेलाई तोकिएको स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट टिकट वितरणलाई लिएर नेपाली कांग्रेसभित्र किचलो शुरु भएको छ ।अहिले सम्म घोषणा गरिएका उम्मेदवारको नामावलीलाई लिएर कोइराला पक्ष असन्तुष्ट भएको छ ।

कोइराला समूहले पार्टी सभापतिले आफू भारत भ्रमणमा जाँदा निधीलाई कार्यबाहक बनाएर पार्टीभित्र शक्तिशाली बनाउन खोजेको आशंका गरिरहेको बेला सभापति स्वयमले टिकट वितरणमा समेत हावी गराएको आरोप कोइराला पक्षको छ । विमलेन्द्र निधीलाई बर्तमान सरकारको मन्त्रिमण्डलमा रहेका मधेसबाट प्रतिनिधित्व गर्ने वहालवाला मन्त्रिहरुले साथ दिएको बुझिएको छ । जसले उम्मेद्वारी छनौटमा निधीको एकलौटी भएको कोइराला पक्षको आरोप छ ।
यसैबीच टिकट वितरणलाई लिएर महामन्त्री शसांक कोइरालाको निवास महाराजगंजमा अहिले रामचन्द्र पौडेलसहित कोइराला पक्षको बैठक बसिरहेको स्रोतले बताएको छ। बैठकमा कोइराला पक्षका नेताहरु मात्र सहभागि भएको स्रोतले बतायो ।

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...