प्रतिनिधि सभा निर्वाचन लड्न कुख्याती कमाएका कांग्रेसी मैदानमा,कांग्रेसका यी सांसद भ्रष्टाचारी संग सती जादै



हाम्रो इकोनोमि

यतिखेर निर्वाचन विधेयक निकै विवादमा छ । खासगरी भ्रष्टाचार मुद्दामा सजाय पाएका र नैतिक आचरण पतन भएकाले समेत निर्वाचनमा उम्मेदवार बन्न पाउनुपर्ने लबिङ सुरु भएपछि निर्वाचन विधेयक संसद्को विधायन समितिमै अड्किएको छ ।

भ्रष्टाचारी नेताको पक्षमा कांग्रेसका १९ सांसदले संशोधन दर्ता गरेपछि यो विषयले बढी चर्चा परिचर्चा पाएको हो । त्यसमा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले विधेयक संशोधन गर्न दबाब दिएको भन्दै समाचार सार्वजनिक भइरहेका छन् ।

कांग्रेसका राधेश्याम अधिकारी, तारामान गुरुङ, बुद्धिराम भण्डारी, तप्तबहादुर विष्ट, सुशीला चौधरी, चम्पादेवी खड्का, विन्दादेवी आले राना, पद्मनारायण चौधरी, भरतबहादुर खड्का, पुष्कर आचार्य, मिनाक्षी झा, किरण यादव, अमृतलाल राजवंशी, तेजुलाल चौधरी, दिनेशप्रसाद परसैला यादव, सुरेन्द्रप्रसाद यादव, राजु थापा, इन्द्रबहादुर बानियाँ र नरबहादुर चन्दले भ्रष्टाचार ठहर भएकाहरूले तीन वर्षभित्र निर्वाचनमा लड्न पाउनुपर्ने माग गरेका छन् ।

यदि कांग्रेस सांसदहरूले संशोधन गराएको प्रस्ताव स्वीकृत भएमा खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी, जेपी गुप्ताले आगामी निर्वाचनमा उम्मेदवार बन्न पाउने छन् । सोही कारण कांग्रेस नेता खड्का र जोशीले निर्वाचनको तयारी तीव्र पारेको बताइन्छ । स्रोतका अनुसार निर्वाचन विधेयक संशोधन भई समय घटेमा खुमबहादुरले दाङ र जोशीले तनहुँबाट निर्वाचन लड्ने छन् ।

जुन कुरा खुमबहादुरले आफ्ना निकट नेता कार्यकर्तालाई जानकारी गराइसकेका छन् । जोशीले त तनहुँ १ बाट आफू निर्वाचन लड्ने तयारीमा रहेको जिल्ला पुगेर घोषणा नै गरिसकेका छन् । उनी यतिखेर तनहुँमा पार्टी राजनीतिमा सक्रिय भएर लागेको मिडिया एनपीले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...