प्रतिनिधि सभा निर्वाचन लड्न कुख्याती कमाएका कांग्रेसी मैदानमा,कांग्रेसका यी सांसद भ्रष्टाचारी संग सती जादै



यतिखेर निर्वाचन विधेयक निकै विवादमा छ । खासगरी भ्रष्टाचार मुद्दामा सजाय पाएका र नैतिक आचरण पतन भएकाले समेत निर्वाचनमा उम्मेदवार बन्न पाउनुपर्ने लबिङ सुरु भएपछि निर्वाचन विधेयक संसद्को विधायन समितिमै अड्किएको छ ।

भ्रष्टाचारी नेताको पक्षमा कांग्रेसका १९ सांसदले संशोधन दर्ता गरेपछि यो विषयले बढी चर्चा परिचर्चा पाएको हो । त्यसमा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले विधेयक संशोधन गर्न दबाब दिएको भन्दै समाचार सार्वजनिक भइरहेका छन् ।

कांग्रेसका राधेश्याम अधिकारी, तारामान गुरुङ, बुद्धिराम भण्डारी, तप्तबहादुर विष्ट, सुशीला चौधरी, चम्पादेवी खड्का, विन्दादेवी आले राना, पद्मनारायण चौधरी, भरतबहादुर खड्का, पुष्कर आचार्य, मिनाक्षी झा, किरण यादव, अमृतलाल राजवंशी, तेजुलाल चौधरी, दिनेशप्रसाद परसैला यादव, सुरेन्द्रप्रसाद यादव, राजु थापा, इन्द्रबहादुर बानियाँ र नरबहादुर चन्दले भ्रष्टाचार ठहर भएकाहरूले तीन वर्षभित्र निर्वाचनमा लड्न पाउनुपर्ने माग गरेका छन् ।

यदि कांग्रेस सांसदहरूले संशोधन गराएको प्रस्ताव स्वीकृत भएमा खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी, जेपी गुप्ताले आगामी निर्वाचनमा उम्मेदवार बन्न पाउने छन् । सोही कारण कांग्रेस नेता खड्का र जोशीले निर्वाचनको तयारी तीव्र पारेको बताइन्छ । स्रोतका अनुसार निर्वाचन विधेयक संशोधन भई समय घटेमा खुमबहादुरले दाङ र जोशीले तनहुँबाट निर्वाचन लड्ने छन् ।

जुन कुरा खुमबहादुरले आफ्ना निकट नेता कार्यकर्तालाई जानकारी गराइसकेका छन् । जोशीले त तनहुँ १ बाट आफू निर्वाचन लड्ने तयारीमा रहेको जिल्ला पुगेर घोषणा नै गरिसकेका छन् । उनी यतिखेर तनहुँमा पार्टी राजनीतिमा सक्रिय भएर लागेको मिडिया एनपीले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस
स्वतन्त्र समूहलाई एकैठाउँमा ल्याउने रास्वपाको पहल

    राष्ट्रिय स्वतन्त्र पार्टीले वैकल्पिक राजनीति पक्षधर तथा स्वतन्त्र समूहहरूसँग सहकार्यको प्रयास

सिठी फुकेको भरमा हजारौं एमाले सडकमा आउँथे, अहिले किन शिथिल : उपाध्यक्ष पौडेल

    नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा एमालेमा

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच बालुवाटारमा डेढ घन्टा छलफल

    प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच मंगलबार साँझ बालुवाटारमा

रास्वपा सांसदलाई बैठकबाट निष्कासन गर्न कांग्रेसको माग

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले जथाभावी ड्रेस लगाएर संसद् भवन