सुरिलो स्वरकी धनी सिता



हाम्रो इकोनोमि

लोकसंगीतमा लाग्न सानो तिनो लगावले पुग्दैन । त्यसको लागि लगनशीलता हुनु आवश्यक हुन्छ । तर कोहीका लागि भने भगवानले पनि साथ दिदोरैछ । यस्तै अपवादका साथै भाग्यमानी गायिका हुन सिता श्रेष्ठ । उनको स्वर सुनेर सबैलाई संगीत प्रशिक्षण लिएर संगीत क्षेत्रमा प्रवेश गरेको हो की भन्ने भान हुन्छ । तर उनको कण्ठ कोईलीको जस्तो लाग्छ । प्राकृतिक रुपमा नै साह्रै मिठो उनको स्वर अहिले देश विदेशमा बस्ने प्रत्येक नेपालीको मुखमा झुण्डिने भएको छ । सानैदेखि संगीतमा रुचि भए पनि उनले औपचारिक कक्षाबिना नै यस क्षेत्रमा लागिरहेकी छिन् ।
अहिले भने देशको विभिन्न ठाउँमा भएका कार्यक्रममा स्टेज कार्यक्रमको लागि बोलाउने क्रम बाक्लो रुपमा अगाडी बढीरहेको छ । उनले हालसम्म विभिन्न लोकदोही गीतमा स्वर दिएकी छिन् । तीजको गीतमा उनले आफ्नो सुमधुर आवाज दिएकी छिन् । अहिलेसम्म १६ वटा गीतमा स्वर दिएकी उनलाई गीत गाउने अफर आउने क्रम जारी छ । यस्तै गरेर विभिन्न देशबाट पनि बोलाउने क्रम जारी रहेको र निकट भविष्यमै विदेशमा कार्यक्रमको लागि जान लागेको उनले बताएकी छिन् । नेपाली लोक गीतको आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिक विष्णु माझीको स्वरसँग मेल खाने उनलाई भविष्यमा अझै सफलता मिलोस हाम्रो शुभकामना ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...