सुरिलो स्वरकी धनी सिता



हाम्रो इकोनोमि

लोकसंगीतमा लाग्न सानो तिनो लगावले पुग्दैन । त्यसको लागि लगनशीलता हुनु आवश्यक हुन्छ । तर कोहीका लागि भने भगवानले पनि साथ दिदोरैछ । यस्तै अपवादका साथै भाग्यमानी गायिका हुन सिता श्रेष्ठ । उनको स्वर सुनेर सबैलाई संगीत प्रशिक्षण लिएर संगीत क्षेत्रमा प्रवेश गरेको हो की भन्ने भान हुन्छ । तर उनको कण्ठ कोईलीको जस्तो लाग्छ । प्राकृतिक रुपमा नै साह्रै मिठो उनको स्वर अहिले देश विदेशमा बस्ने प्रत्येक नेपालीको मुखमा झुण्डिने भएको छ । सानैदेखि संगीतमा रुचि भए पनि उनले औपचारिक कक्षाबिना नै यस क्षेत्रमा लागिरहेकी छिन् ।
अहिले भने देशको विभिन्न ठाउँमा भएका कार्यक्रममा स्टेज कार्यक्रमको लागि बोलाउने क्रम बाक्लो रुपमा अगाडी बढीरहेको छ । उनले हालसम्म विभिन्न लोकदोही गीतमा स्वर दिएकी छिन् । तीजको गीतमा उनले आफ्नो सुमधुर आवाज दिएकी छिन् । अहिलेसम्म १६ वटा गीतमा स्वर दिएकी उनलाई गीत गाउने अफर आउने क्रम जारी छ । यस्तै गरेर विभिन्न देशबाट पनि बोलाउने क्रम जारी रहेको र निकट भविष्यमै विदेशमा कार्यक्रमको लागि जान लागेको उनले बताएकी छिन् । नेपाली लोक गीतको आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिक विष्णु माझीको स्वरसँग मेल खाने उनलाई भविष्यमा अझै सफलता मिलोस हाम्रो शुभकामना ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...