बिजुक्छेंले भने यी हुन् ठुला पार्टीका एक तिहाई केन्द्रीय सदस्य बिदेशी एजेन्ट



हाम्रो इकोनोमि

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ठूला पार्टीका एक तिहाई केन्द्रीय सदस्य बिदेशी एजेन्टको रुपमा काम गरिरहेको आरोप लगाउनु भएको छ ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले नेपालका हरेक निर्णय गर्दा नेपालीले भन्दा पहिले नै बिदेशीहरुले जानकारी पाउनु र पूर्व योजना अनुुसार काम गर्न सफल हुनुमा हरेक ठूला दलहका तिनै एक तिहाई बिदेशी एजेन्टहरुको भूमिका रहेको बताउनु भएको हो ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा दिएको अभिब्यक्ति संसदको मर्यादा बिपरित रहेको र के बोल्ने भन्ने बारे जानकारी समेत नरहेको बताउनु भयो । देउवाले पहिले नै गरेको प्रतिवद्धताको पालना गर्दै भारतका प्रधानमन्त्रीका अघि त्यस्तो अभिब्यक्ति दिएको हुन सक्ने उहाँले बताउनु भयो ।

संसदले नेपाल र भारतको सिमामा बनाएका बिभिन्न बाँधहरु भत्काउने निर्णय गरिसकेता पनि सरकार चुप लागेर बस्नु नै तराईलाई बाढीको चपेटामा पार्ने काम भएको भन्दै उहाँले हाल बाढी पिडित राहत बितरणमा समेत सरकाले पक्षपात गरेको बताउनु भयो ।

निर्वाचन आयोगले निर्वाचनका लागि तोकेको समयमै निर्वाचन सम्पन्न हुने भन्दै निर्वाचन आयोगलाई सरकारले प्रभाव र दबावमा पारी मिति परिवर्तन लगायत अन्यका काम गर्नु देशको हितानुकुल नहुने उहाँले बताउनु भयो ।

सिंहदरबारको अधिकार गाउँ गाउँ भन्ने नारा दिएर जनतालाई सरकार र प्रतिपक्षमा रहेको दलका साथै अन्य दलका नेताहरुले भ्रमको खेती गरेको भन्दै उक्त अधिकार सम्बन्धि बिधेयक र कानुनहरु थन्किनु यसको ज्वलन्त उदाहरण रहेको उहाँले बताउनु भयो ।

नेपालका प्रधानमन्त्री र पूर्व उपप्रधानमन्त्रीले कहाँ के बोल्ने बारे थाहा सम्म नभएको पछिल्लो समयमा माधब नेपालको उत्तर कोरीया भ्रमणका बारे गरिएको टिप्पणीलाई लक्षित गर्दै पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिलाई भारत र बिहार बाहेक अन्य स्थानका बारे थाहा नभएको बिजुक्छेंले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

देउवा पक्ष कांग्रेसको भेलामा को–को पुगे ?

    नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको बैठक जारी छ...

सुकुमबासीलाई देशभर संगठित गर्दै श्रम संस्कृति पार्टी

  श्रम संस्कृति पार्टीले सुकुमबासीहरूलाई संगठित गर्ने भएको छ । सरकारले सुकुमबासी बस्ती...