ओलीले सुनाए ढुंगा हान्नेको कहानी,योगेशले यसरी गरे अयोधीको आखाँको तारिफ



प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षण गराइ आज स्वदेश फर्किएका छन् । उनि एक हप्ता अघि उपचारको शिलशिलामा थाइल्याडको बैंकक गएका थिए ।
आफ्नो स्वास्थ्य ठीक नभएपनि सन्तोषजनक नै रहेको ओलीले बताएका थिए ।
आजैमात्र बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको विषयमा गरेको निर्णयलाई लिएर पत्रकारको जिज्ञासामा ओलीले किन के कारणले निर्वाचन दुई चरणमा गर्ने भइयोे आफूलाई सरकारले जानकारी नगराएको बताए । साथै उनले दुई चरणको निर्वाचनलाई यति लामो ग्याप राख्नु पर्ने कारण आफूले नदेखेको बताए ।
अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरागर्दै ओलीले मधेसमा नेता माधव नेपाल लगायतका नेता कार्यकर्ता माथि ढुंगामुढा प्रहार गर्ने राजपाका कार्यकर्ता माथि लक्षित गर्दै भने, यदि एमालेले पनि निषेधको राजनीति गर्यो भने तपाईहरको हालत के होला ? हुन त हामी त्यो व्यवहार देखाउँदैनौ, तर शारीरिक आक्रमण र निषेधको राजनीति नगर्न राजपालाई आग्रह गर्दछु ।’ साथै उनले सरकारको भूमिका माथि के हो ? तिमीहरु ग्रिरहुँ हामी हेरी रहन्छौ भन्ने हो ? प्रश्न गरेका थिए ।
त्यसैगरी ओलीले निर्वाचन आयोगसँग पनि गुनासो गरेका छन् । निषेधात्मक र उछ्रिङ्कल, तोडफोड र हिंसाको राजनीतिक हुँदा आयोग के हेरेर बसेको छ ? उनले प्रश्न गरे । यस्ता कुरा निर्वाचन आचारसंहिता भित्र पर्छकी पर्दैन ? ओलीको प्रश्न थियो । यता एमाले सचिब योगेश भट्टराईले फेसबुकमा स्टाटस लेखेर प्रमुख निर्वाचन आयुक्तको धज्जी उडाएका छन्। उनले लेखेका छन सिडिअो र प्रहरीको सरुवा नदेख्ने, मतपत्र च्यातेको नदेख्ने, माधव नेपालको टाउकाको सूर्य चै देख्ने ! अयोधीका आँखा त मान्नै पर्छ बा !

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा ढोका खुला छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा

राजेन्द्र लिङ्देनसहित राप्रपा सांसदहरू गिरफ्तार

     राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।लिङदेनसहितका

चिनियाँ कम्युनिष्ट पार्टी बदल्ने राष्ट्रपति सी का ८ नियमको चर्चा

        चीनको विकास र चिनियाँ कम्युनिष्ट पार्टी बदल्ने राष्ट्रपति सी