ओलीले सुनाए ढुंगा हान्नेको कहानी,योगेशले यसरी गरे अयोधीको आखाँको तारिफ



हाम्रो इकोनोमि

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षण गराइ आज स्वदेश फर्किएका छन् । उनि एक हप्ता अघि उपचारको शिलशिलामा थाइल्याडको बैंकक गएका थिए ।
आफ्नो स्वास्थ्य ठीक नभएपनि सन्तोषजनक नै रहेको ओलीले बताएका थिए ।
आजैमात्र बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको विषयमा गरेको निर्णयलाई लिएर पत्रकारको जिज्ञासामा ओलीले किन के कारणले निर्वाचन दुई चरणमा गर्ने भइयोे आफूलाई सरकारले जानकारी नगराएको बताए । साथै उनले दुई चरणको निर्वाचनलाई यति लामो ग्याप राख्नु पर्ने कारण आफूले नदेखेको बताए ।
अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरागर्दै ओलीले मधेसमा नेता माधव नेपाल लगायतका नेता कार्यकर्ता माथि ढुंगामुढा प्रहार गर्ने राजपाका कार्यकर्ता माथि लक्षित गर्दै भने, यदि एमालेले पनि निषेधको राजनीति गर्यो भने तपाईहरको हालत के होला ? हुन त हामी त्यो व्यवहार देखाउँदैनौ, तर शारीरिक आक्रमण र निषेधको राजनीति नगर्न राजपालाई आग्रह गर्दछु ।’ साथै उनले सरकारको भूमिका माथि के हो ? तिमीहरु ग्रिरहुँ हामी हेरी रहन्छौ भन्ने हो ? प्रश्न गरेका थिए ।
त्यसैगरी ओलीले निर्वाचन आयोगसँग पनि गुनासो गरेका छन् । निषेधात्मक र उछ्रिङ्कल, तोडफोड र हिंसाको राजनीतिक हुँदा आयोग के हेरेर बसेको छ ? उनले प्रश्न गरे । यस्ता कुरा निर्वाचन आचारसंहिता भित्र पर्छकी पर्दैन ? ओलीको प्रश्न थियो । यता एमाले सचिब योगेश भट्टराईले फेसबुकमा स्टाटस लेखेर प्रमुख निर्वाचन आयुक्तको धज्जी उडाएका छन्। उनले लेखेका छन सिडिअो र प्रहरीको सरुवा नदेख्ने, मतपत्र च्यातेको नदेख्ने, माधव नेपालको टाउकाको सूर्य चै देख्ने ! अयोधीका आँखा त मान्नै पर्छ बा !

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...