बाढीमा परी ४० को मृत्यु



हाम्रो इकोनोमि

पश्चिम अफ्रिकी मुलुक नाइजरको राजधानी नायमी लगायतका देशका अन्य भागमा परेको मुसलधारे बर्षाका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।

नागरिक सुरक्षा तथा विपद् व्यवस्थापन विभागका महानिर्देशक कर्नेल अवाउबाकर बाकोले मङगलबार दिउको जानकारी अनुसार नायमीमा सोमबार परेको मुसलधारे बर्षाका कारण आएको बाढीले सयौँ घरहरू बगाएपछि हजारौँ मानिस विस्थापित भएका छन् । उत्त क्षेत्रमा गत शनिबारदेखि शुरु भएको बर्षा मङ्गलबार पनि जारी रह्यो ।

गवाउगौरा गाउँ प्रमुख सालेय अव्दाउहेले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई खतरामुक्त क्षेत्रमा रहेका विद्यालयमा शिविर बनाई बस्न आग्रह गर्नुभएको छ ।

सरकारले बाढी प्रभावित नागरिकलाई खाद्यान्न वितरण गर्ने व्यवस्था मिलाएको बाकोले बताउनुभयो । उक्त क्षेत्रमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले बास तथा तत्काल पु¥याउनुपर्ने आधारभूत सेवाको लागि काम गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...